सुदूरपश्चिम प्रदेशको सातौ तथा हिँउदे अधिवेशन माघ २६ गतेदेखि शुरु हुने भएको छ ।  सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदको आईतवार बसेको बैठकले माघ २६ गते हिँउदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख लाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश प्रमुखबाट सभामुख लाई आह्वान गर्न पत्र प्राप्त पछि हिँउदे अधिवेश बोलाउने तयारी शुरु हुने प्रदेश सभा सचिवालयका सचिव राम सिंह धामीले बताए ।

प्रदेश सभाको अधिवेशन अन्त्य भएको ६ महिना भित्र अर्को अधिवेसन बोलाई सक्नु पर्ने संवैधानिक प्रावधान रहेको छ । गत साउन ३१ गते प्रदेश शभा को बजेट अधिवेशन अन्त्य भएको थियो ।

नेकपा पार्टी दुई समूहमा विभाजित भएपछि प्रदेश सरकार र प्रदेश सभाका काममा पनि प्रभाव परेकोले हिउदे अधिवेसन अहिले सम्म शुरु हुन सकेको थिएन् । गत बर्ष माघ ६ गते हिउदे अधिवेश शुरु भईसकेको थियो ।

सुदूरपश्चिम प्रदेश सभा बैठकले छैटौं अधिवेशन सम्म ४२ विधेयक पारित गरेको सचिव धामीले बताएका छन्। छैटौ अधिवेशन सम्म सचिवालयमा दर्ता भएका मध्ये २ विधेयक विचाराधिन रहेका छन भने अहिले प्रदेश सभा सचिवालयमा ३ नयाँ विधेयक दर्ता भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय