नेकपा एमालेका केन्द्रिय सदस्य एवम अछाम क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार झपट बोहराले आगामी निर्वाचनमा एमालेले हारेमा देश हार्ने भएकोले राष्ट्रियता बचाउन र देशको विकासका लागि एमालेलाई जिताउनुपर्ने बताउनुभएको छ । चौरपार्टि गाउँपालिकाको दुनी र मार्कुमा नेकपा एमालेको कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रमपछि भएको कोणसभा कार्यक्रममा बोल्दै नेता बोहराले आगामी निर्वाचन देश बचाउने र देश बिगार्नेहरुका बीचको युद्ध भएकाले दृढतापूर्वक जनतालाई देश बचाउने अभियानमा लाग्न अनुरोध गर्नुभएको छ ।परमादेशी गठवन्धन सरकार बनेको दुई बर्षमा मंहगी बढाउने, अत्याचार थुपार्ने बाहेक कुनै पनि काम गर्न नसकेको भन्दैं नेता बोहराले एमाले सरकारले गरेका विकास निर्माणका काममा भाँजो हाल्ने, बजेट काट्ने काम मात्रै गरेको आरोप लगाउनु भएको छ । कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य मिन बहादुर कुँवर, प्रदेश कमिटी सदस्य पशुपति कुँवर, जयन्द्र स्वार, कष्ण रावल, आर्दश साउद, अनेरास्वीयूका केन्द्रिय उपाध्यक्ष मोति विक, अनेरास्वीयूका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य सुरेन्द्र साउद, जिल्ला कमिटी सदस्य राम आउजी, सुशिला बोगटी, चौरपाटि गाँउ कमिटी अध्यक्ष झंकर साउद, मेल्लेख गाँउ कमिटी अध्यक्ष केशर साउद, जिल्ला कमिटी सदस्य पंकज शाह लगाएतको सहभागिता रहेको थियो ।
नेकपा एमालेको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम बुढाकोटमा सम्पन्न
नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (क) को मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटमा सम्पन्न भएको छ । कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा क्षेत्र नम्बर १ प्रदेश सभा (क) का उम्मेदवार देव बहादुर कुँवरले आफुलाई जिताए चौरपाटी गाउँपालिकाका र साँफेबगर नगरपालिकाका दुर्गम वडाबाट विकास निर्माण देखि जीवनस्तर परिवर्तन गर्ने कार्यक्रमको सुरुवात गर्ने धारणा व्यक्त गर्नुभयो । आफू अहिलेसम्म कुनै लाभको पदमा नगएर जनताको सेवामा निरन्तर खट्दै आएको बताउँदै जनताले न्याय दिने अपेक्षा रहेको बताउनुभएको छ । समानुपातिक उम्म्ेदवार राधिका भुजेलले पछाडि पारिएका समुदायका महिलाको आर्थिक ससक्तिकरणका लागि आफनो उम्मेदवारी रहेको बताउनु भयो । उहाँले देश बनाउने स्पष्ट भिजन एमालेसँग मात्रै भएकाले हरेक जानगरिकले एमालेका उमेदवारलाई मतदान गर्ने बताउनुभयो कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा नेकपा एमाले अनुशासन आयोगका केन्द्रिय सदस्य हर्क बहादुर कुँवर गोविन्द, अनेरास्वीयूका केन्द्रिय उपाध्यक्ष मोति विक, प्रदेश कमिटी सचिवालय सदस्य मिन बहादुर कुँवर, प्रदेश कमिटी सदस्य पशुपति कुँवर, जयन्द्र स्वार, कष्ण रावल, आर्दश साउद, जिल्ला कमिटी सचिवालय सदस्य तथा साँफेबगर नगर कमिटी ईञ्चार्ज रमेश कुँवर, लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय