हिक्मत नेपाली
कमलबजार, मंसिर २२ ।
लैगिंक हिंशा विरुद्धको १६ दिने अभियान २०७९ अन्र्तगत आज कमलबजारमा लैंगीक हिंसा प्रतिकार्य सेवा सवलिकरण र स्थायित्वका लागी सरोकारवालासंग अन्र्तक्रिया कार्यक्रम गरिएको छ । कमलबजार नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितीका संयोजक शारदा कुमारी बिष्टको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रमको प्रमुख अतिथी कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियो ।
कमलजार नगरपालिकाको आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रमा सिएमसि नेपालको सहकार्य UNFPA काे साझेदार संस्था र युनिसेफको सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा सिएमसि नेपालका काउन्सीलर पार्वती बोहराले सिएमसि नेपालले लैंगीक हिंसा विपन्न प्रतिकार्य सेवा सवलिकरण र स्थायित्वका लागी आल सम्म गरेका कार्यको वारेमा जानकारी गराउनु भयो ।
यस्तै कमलबजार नगरपालिकाको न्यायिक समितीमा उजुरी प्रशासकको रुपमा कार्यरत पबित्रा भण्डारीले हाल सम्म न्यायिक समितीले गरेका कार्यविवरणका वारेका जानकारी गराउनु भएको थियो ।
कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले स्वागत मन्तव्य राख्दै पालिकाल लैंगीक हिंसा विपन्न प्रतिकार्य सेवा सवलिकरण र स्थायित्वका लागीे गरेका कामको विषयमा प्रस्टाउनु भएको थियो । कार्यक्रमको सञ्चालन महिला तथा वालवालिका शाखा प्रमुख डम्बर ढुगांनाले गर्नु भएको थियो ।
सोहि कार्यक्रमाम कार्यक्रममा कमलबजार नगरपालिकाका बिभिन्न विपन्न महिलालाई जिविकोपार्जनमा सहज पुगोस भन्ने उदेश्यले दश हजारका दरले आर्थिक सहयोग गरिएको थियो ।
ADVERTISEMENT