पाैष १८ मंगलसेन,अछाम ।
“स्वास्थ्य सुखी समृद्ध परीवार,हाम्राे सराेकार,
प्रभावकारी बहुक्षेत्रिय पाेषण सेवा, जन्ताकाे अधिकार” भन्ने मुल नाराका साथ अाज मंगलसेन नगरपालिका बहुक्षेत्रिय पाेषण कार्यक्रम अन्तर्गत नगर स्तरिय पाेषण तथा खाद्य सुरक्षा निर्देशक समितिकाे बैठक सम्पन्न भयकाे छ।
नगर स्तरिय पाेषण तथा खाद्य सुरक्षा निर्देशक समितिका अध्यक्ष तथा नगर प्रमुख पदम बहादुर बाेहराकाे अध्यक्षतामा भयकाे कार्यक्रममा बाेल्दै उहाले प्रतिकुल परिस्थितिका बाबजुत पनि मंगलसेन नगरपालिकाले पाेषणका क्षेत्रमा गरेकाे काम अतुलनीय र प्रभावकारी रहेकाे बताउदै अागामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयकाे थियाे । साथै उहाले अागामी दिनमा मंगलसेन नगरपालिकालाई पुर्ण पाेषणयुक्त नगरपालिका बनाउन अाफु लागीपरेकाे बताउदै सबैकाे यसमा साथ र सहयाेगकाे अावस्यक्ता रहेकाे बताउनुभयकाे थियाे। कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर साेडारीले कार्यक्रम प्रभावकारी रहेकाे बताउदै पाेषणयुक्त खानेकुराले मात्र बच्चाकाे शारीरिक मानसीक र सबेगात्मक बिकास हुने हुदा उक्त अवस्थालाई मध्यनजर गरि नगरपालिकाले यश वर्ष रचनात्मक र प्रभावकारीयुक्त कार्यक्रमहरू संञ्चाल गर्ने बताउनुभयकाे थियाे। कार्यक्रममा लेखा अधिकृत बिष्णु प्रशाद उपाध्याय ,१४ वटै वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू,मंगलसेन नगरपालिका प्रशासन शाखा प्रमुख तथा सुचना अधिकारी बिष्णु प्रसाद जैसी,बन वातावरण तथा बिपत ब्यावस्थापन शाखा प्रमुख नरेश बहादुर कठायत,शिक्षा शाखा प्रमुख जगत बहादुर रावल,कृषि शाखा प्रमुख सुष्मा ढुंगाना लगायतका अन्य शाखा प्रमुखहरूकाे उपस्थिति रहेकाे कार्यक्रमले अा.ब. २०७९/८० मा बहुक्षेत्रिय पाेषण याेजनाकाे बार्षिक कार्ययाेजनामा व्यापक छलफल गरि स्वीकृत समेत गरेकाे छ। साथै पालिकाले निर्माण गरेकाे बार्षिक याेजना प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि अावस्यक पर्ने विभिन्न निर्णय समेत गरेकाे कार्यक्रममा बाेल्दै मंगलसेन नगरपालिका पाेषण शाखाका सिद्ध ढुंगानाले संघिय मन्त्रालयबाट रकम फुकुवा ढिलाे हुनु र तेसैमा पनि गत अा.ब.मा खर्च भइसकेकाे रकम समेत हाल सम्म पनि निकासा नहुनुले निकै अन्याेलता सृजना भईरहेकाे बताउदै उक्त कार्यक्रममा देखियकाे उत्साह र प्रतिवद्दताले याे वर्ष कार्यक्रम थप प्रभावकारी हुने बताउनुभयकाे थियाे। कार्यक्रममा सुअाहाराका सेत बहादुर भुल ले अाफ्नाे प्रस्तुति राख्नुभयकाे थियाे भने कार्यक्रमकाे बारेमा सहभागीलाई मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर साेडारीले जानकारी गर्नु भयकाे कार्यक्रमकाे संञ्चालन नरेश बहादुर कठायतले गर्नुभयकाे थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय