शुवास अधिकारी

कमलबजार पाैष २४ ।
नियमित खोप सेवा मार्फत सरसफाई प्रवद्वन कार्यक्रम अन्तरगत पालिका स्तरमा पुर्ण खोप कार्यक्रमको समीक्षा तथा पुर्ण खोप, दिगोपना तथा सरसफाई प्रवद्वनका लागि योजना तयारि गोष्ठी कमलबजार सम्पन्न भएको छ ।
नगर उप प्रमुख सारदा बिष्ट कुँवरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगर उप प्रमुख कुँवरले नगरबासि सबैले स्वास्थ्यमा गम्भीर रूपमा ध्यान दिनु पर्ने बताउँदै स्वास्थ्यमा हेलचेक्राइ गर्न नहुने तर्फ सचेत रहन आग्रह गर्नुभयो । नगर उपप्रमुख कुँवरले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हुने कुरामा जोड दिनु भयो । सरसफाई प्रवद्वनका लागि समुदाय स्तरमा विभिन्न सचेतनाका कार्यक्रमको आवश्यकता औल्याउदै उहाँले पुर्ण खोप र यसको दिगोपनाका लागि सरोकारवाला सम्पुर्णको महत्त्वपूर्ण भुमिका रहने धारणा राख्नु भयो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत खडग बहादुर बिष्टले यस कार्यक्रम लाई सफल पार्न सम्पूर्ण वडाका जन प्रतिनिधि, नगरपालिकाका सम्पूर्ण बिषयगत शाखा र बिशेश गरि स्वास्थ्य शाखाका कर्मचारीलाई आग्रह गर्नुभयो ।
यस्तै उहाँले बालबालिकाका लागि कुन वडामा कति मात्रा खोप चाहिन्छ, त्यसको लागि सहि तथ्यांक स्वास्थ्य शाखामा पठाउन वडा स्तरका खोप संयोजक तथा स्वास्थ्य ईन्चार्ज लाई अनुरोध गर्नु भयो ।
स्वास्थ्य कार्यालय अछामको आयोजनामा आज आईतबार कमलबजार नगरपालिकामा सम्पन भएको पालिका स्तरमा पुर्ण खोप कार्यक्रमको समीक्षा तथा पुर्ण खोप, दिगोपना तथा सरसफाई प्रवद्वनका लागि योजना तयारि गोष्ठीमा नगर पालिकाका सम्पुर्ण वडाका अध्यक्ष , कार्यपालिका सदस्य, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खडग बहादुर बिष्ट, नगरपालिकाका सबै वडामा रहेका स्वास्थ्य सं–संस्थाका प्रमुख तथा प्रतिनिधि, नगर पालिका िस्थत उच्चतम विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, प्राथामिक स्वास्थ्य केन्द्र कमलबजारका डाड्ड अनमोल थापा, विभिन्न बिषयगत शाखामा कार्यरत कर्मचारी, सुआहाराका सेत बहादुर भुल, संचारकर्मि, पत्रकार लगायत सम्पूर्ण सरोकारवालाहरुको सहभागिता थियोे । जिल्ला स्वास्थ्य कार्यलय अछामका जन स्वास्थ्य अधिकृत झपटराज ढुंगानाले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको हो । सो कार्यक्रमको सहजिकरण तथा संचालन कमलबजार नगरपािलकाका जन स्वास्थ्य अधिकृत एवंम् स्वास्थ्य शाखा प्रमुख चक्र बहादुर बिष्टले गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय