शुवास अधिकारी

कमलबजार पाैष २४ ।
पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा समितीको बैठक सकिएको छ । कमलबजार नगरपालिकाका नगर उपप्रमुख सारदा बिष्ट कुँवरको अध्यक्षतामा सो बैठक सकिएको हो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमूख कुँवरले पोषण कार्यक्रमका लागी प्रशस्त आगामी दिनमा बजेट विनियोजन गर्ने बताउनु भएको छ ।
नगरपालिकाका बिभिन्न वडाका बालबालिकाको समग्र पोषण्को अवस्थालाई मध्यनजर गरेर अगाडी बढनु पर्ने कुरामा उहाँको जोड छ । गर्भवती तथा सुत्केरी आमालाई बेला बेलामा स्वास्थ्य जाँच गराउन पनि उहाँले अनुरोध गर्नु भयो । लगानीको पाटो मात्रै फराकिलो बनाएर नहुने भन्दै उपप्रमुख कुँवरले सम्बन्धीत क्षेत्रमा भएको कामको नियमन तथा अनुगमन गर्न सम्बन्धीत क्षेत्रका कर्मचारीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका सम्पुर्ण वडाअध्यक्ष, निमित्त प्रमुख प्रशासकिय अधिकृत खडग बहादुर बिष्ट, सम्पुर्ण बिषयगता शाखा प्रमुख एवंम प्रतिनिधि, स्वास्थ कार्यलय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगाना, उद्योग वाणिज्य संघ अछामका प्रतिनिधि, प्राथामिक स्वास्थ्य केन्द्र का प्रतिनिधि संचारकर्मि, पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन बहुक्षेत्रिय पोषण योजना शाखाका दुर्गा विष्ट सिजापतीले गर्नू भएको हो ।
पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा समितीको कार्यक्रममा सुआहाराका सेत बहादुर भुलले सहजिकरण गर्नु भएको हो। पछिल्लो समय कमलबजार नगरपालिकामा बिभिन्न बिषय संग सम्बन्धीत शभा, समारोह, गोष्ठी, बैठक आदीले निरन्तरता पाईरहेका छन् ।
यसैबिच
कमलबजार नगरपालिकाका उपप्रमुख सारदा बिष्ट कुँवर र निमित्त प्रमुख प्रशासकिय अधिकृत खडग बहादुर बिष्टले एक कार्यक्रमका बिच तालिमको उद्घाटन गर्नु भएको छ । मागमा आधारित सिपमुलक तालिम अन्र्तगत ३ महिने हाउस वाईरिङ्ग तालिमको संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । तालिम उद्घाटन गर्दै कुँवरले सिप सिकेर मनग्य आम्दानी गर्न पनि सम्बन्धीत प्रशिक्षार्थीलाई आग्रह गर्नू भयो । तालिममा नगरपालिकाका सरोकारवाला सम्पूर्णको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय