अछाम,माघ ०३ ।
अछाम जेसिजको नया कार्यसमिती चयन गरिएको छ । मंगलबार सदरमुकाम मंगलसेनमा सम्पन्न भएको ९ औ शाखा अधिबेशन बाट टेक बहादुर थापाको अध्यक्षतामा बर्ष २०२३ का लागि नया कार्य समिती चयन गरेको हो । नया कार्य समितीको कार्यकारी उपाध्यक्षमा फलेन्द्र प्रसाद उपाध्याय, सुर्य परियार, कानूनी सल्लाहकार अम्मरनाथ न्यौपाने, महासचिव, दिपेन्द्र बहादुर शाही, कोषाध्यक्ष मनकला न्यौपाने, उपाध्यक्ष झनक अधिकारी, खकेन्द्र बहादुर शाही, दीपक खड्का, हिक्मत बहादुर नेपाली, सचिव जितमान बोहरा लगायतका पदाधिकारी रहेका छन । बर्ष २०२२ का अध्यक्ष सिद्धराज ढुंगानको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथी रहनु भएको थियो । नया कार्य समितीले अछाम जेसिजलाई जिल्लाका कृयाशिल बनाई युवाहरुको ब्यक्तित्व, नेतृत्व र उद्यमशिलता विकासका लागि काम गर्ने प्रतिबद्धता सहित बर्ष २०२३ का लागि जिम्मेवारी सम्हालेको छ । कार्यक्रममा प्रमुख अतिथीको आशनबाट मंगलसेन नगररपालिका नगर प्रमुख पदम बहादुर बोहराले जेसिजलाई युवाहरुको आकर्षणको केन्द्रबिन्दु बनाउनुपर्ने बताउनु भएको छ । जेसिज अछामको ९ औ शाखा अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथीको आशनबाट बोल्दै नगर प्रमुख बोहराले जेसिजको मुल्य मान्यतामा अघि बढेमा युवाहरुको ब्यक्तित्व, नेतृत्व र उद्यमशिलताको विकास हुने भएकाले यसमा युवाहरुको आकर्षण बढाउन सुझाव दिनुभएको हो । युवाहरुको नेतृत्व विकास यस्तै क्षेत्रबाट हुने भएकाले यसमा आवद्ध युवाहरु सृजनशिल, संस्कारी, क्षमतावान भई जागरुक भएर समाज परिवर्तका क्षेत्रमा कामगर्नुपर्ने बताउनुभयो । पछिल्लो समयमा युवाहरुमा सकारात्मक भन्दापनि नकारात्मक कुराले बिगारी रहेकाले यसतर्फपनि अछाम जेसिजले रचनात्मक कामगर्नुपर्ने सुझाव दिनुभएको छ । अछाम जेसिजको विकासका लागि नगरपालिकाको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउदै उहाले युवाहरुलाई एकिकृत गर्दै समग्र देश विकासको लागि लिएको निति र बिचारलाई अछाम शाखालेपनि आत्मसाथ गर्नुपर्ने नगर प्रमुख बोहराको भनाई छ । यो क्षेत्र भनेको आफ्नो क्षमताको विकास गर्ने र आफुभित्र भएको क्षमता देखाउने थलो भएकाले सोही अनुरुप आफुलाई रुपान्तरित गर्न अनुरोध गर्नुभएको छ । जिल्लाभरी आफ्ना गतिविधिलाई अगाडी बढाउदै यो संस्थाको गरिमा बढाएर लैजान सुझाव दिनुभएको छ । कार्यक्रममा बोल्दै जेसिज अछामका पुर्व अध्यक्ष नरेश कुमार शाहीले अछाम जेसिजलाई यहा सम्म ल्याई पु¥याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अछाम जेसिजको गरिमा बढाउने काम गर्न नया कार्य समितीलाई सुझाव दिनुभएको छ । जेसिजको मर्म र भावनाअनुसार चल्न सके संस्था र यस भित्र रहेका सबैका लागि राम्रो हुने पुर्व अध्यक्ष शाहीको भनाई थियो । कार्यक्रममा बोल्दै बर्ष २०२० का अध्यक्ष तुलाराम बिसीले अछाम जेसिज विगत देखिनै सामाजिक क्षेत्रका कृयाशिल युवाहरुको साझा संगठन भएकाले यसको थप विकासका लागि कामगर्न सुझाव दिनुभएको छ । अछाम जेसिज विभिन्न समस्यका बावजुत यहा सम्म पुगेकाले आगामी दिनमा रचनात्मक कामगर्न नया कार्य समितीलाई सुभलाव समेत दिनु भएको छ । कार्यक्रमको संचालन टेकराज भण्डारीले गर्नुभएको थियो ।
ADVERTISEMENT