बिज्ञान भण्डारी,काठमाण्डौ : कैलालीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना संस्थाका शेयर सदस्यहरुको सुखदुखमा हातेमालो गर्दै अगाडी बढ्ने उदेश्यका साथ सदस्य सुरक्षण अन्तर्गत ʺजन्म देखि मरणोपरान्त सम्म किसान कोपˮ योजना सार्वजनिक गरेको छ । थप जानकारीका लागि नजिकैको शाखा कार्यालयमा तथा टोल फ्रि नं. १६६०९११७३३३ मा सम्पर्क गर्न सकिने संस्थाले बताएको छ  । सुदुरपश्चिम प्रदेशमा ४० शाखा र लुम्बिनी प्रदेशको  बर्दिया ( राजापुर) १ शाखा रहेको छ भने कर्णाली प्रदेशमा छिट्टै साखा संचालन गर्ने संचालक समिती सदस्य सरोज कुमार शाहले जानकारी दिनु भयो ।
२०५२ सालमा स्थापना भई कारोबार सुरुगरेको संस्थाको लगभग  ४०  करोड शेयर पुँजी रहेको छ । किसानले ४ वटा क्षेत्रमा काम गरिरहेको छ।  वित्तीय तर्फ सहकारी बैङ्किङ र लघुवित्त, कृषि  र व्यवसायिक क्षेत्र ( मार्ट) संचालित छ्न ।
एकिकृत कृषि फर्म अमरावतीमा छ। कोल्ड स्टोर (cold store)  संचालनमा आउदै छ भने । माटाे परीक्षण,  एग्रोभेट, मलखाद बिक्रीकेन्द्र संचालनमा छ।
व्यवसायिक क्षेत्र तर्फ ३ वटा मार्टका आवटलेट लम्की, बौनिया र सुख्खडमा संचालनमा छन् ।
कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको सहकारीको बैंकिङ र लघुवित्त तर्फ गरि ७५ हजार सदस्य रहेका छन । संस्थाले मोबाईल बैंकिङ र ट्याबलेट बैंकिङ शुरुवात गरेको  छ ।  संस्थाले कृषि पेशालाई प्रवद्घन गर्ने उद्देश्यले ३ जना कृषि प्राविधिक मार्फत सदस्यहरु लाई तालिम तथा परामर्श दिई रहेको संस्थाका महा–प्रबन्धक डम्बर बहादुर शाहले बताए ।
किसानको ४१ शाखा र केन्द्रिय कार्यालय समेत गरि २७५ बढी कर्मचारी कार्यरत छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय