कमलबजार, माघ ६ ।
नेपाल रेडक्रस उपशाखा कलबजार द्धारा भुकम्प पिडित लाई त्रिपाल र कम्मल वितरण गरिएको छ । आज कमलबजार जगरपालिकाका दशवटै वडाका एक सय जना लाई त्रिपाल र कम्मल वितरण गरिएको रेडक्रस उपशाखा कलबजारका सभापती गोविन्द ढकालले जानकारी दिनुभयो । कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल उपप्रमुख शारदा कुमारी बिष्ट र दश वटै वडाका वडा अध्यक्षको रोहवरमा भुकम्प पिडितलाई त्रिपाल र कम्मल बितरण गरिएको सभापती ढकालले जानकारी गराउनु भयो । आजनै थप ३० जना कमलबजार नगरपालिका भित्रकै भुकम्प पिडित लाई ३० वटा कम्मल वितरण गरिएको पनि बताईएको छ । कमलबजार नगरपालिकाको प्राङ्गणमा वितरण गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय