शुवास अधिकारी ।
कमलबजार नगरपालिकामा स्वास्थ्य सिबिर संचालन हुने भएको छ । आउदो फाल्गुण ९ र १० गते निशुल्क स्वास्थ्य सिबिर संचालन हुुन लागेको हो । कमलबजार नगरपालिका अछामको आयोजनामा प्राथामिक स्वास्थ्य केन्द्र कमलबजारमा सो सिबिर संचालन हुुने नगर प्रमुख यज्ञ प्रसाद ढकालको सचिवालयले जनाएको छ । २ दिने निशुल्क स्वास्थ्य सिबिरमा बरिष्ठ चिकित्सकबाट जनरल मेडिसिन, मुटु रोग –इको समेत०, बाल रोग, शल्य क्रिया, मानसिक तथा नशा रोग, हाड जोर्नी तथा नशा रोग, छाला तथा यौन रोगको उपचार तथा परामर्श सेवा उपलब्ध हुने बताईएको छ । यस्तै नाककान, घाँटी, आँखा परिक्षण तथा उपचार, दन्त रोग, न्यूरो सर्जरी र किड्नी रोगको समेत उपचार गरिने बताईएको हो । यस्तै ई।सि।जी।,यु। एस।जि।–भिडियो एक्सरे र ल्याब टेस्ट सेवा पनि संचालन गरिने नगर प्रमुख ढकालको सचिवालय द्धारा जारी सुचनामा उल्लेख गरिएको छ । फाल्गुण ९ र १० गते हुने निशुल्क स्वास्थ्य सिबिर बिहान ८ बजे देखि बेलुकी ५ बजे सम्म चल्नेछ । साथै यस सिबिरबाट निशुल्क रुपमा चेक जाँच गरि पुर्जा लिई काठमाण्डौं मेडिकल कलेज टिचिङ अस्पतालमा जाँदा अप्रेशन गर्नु परेमा अप्रेशन सहित सबै सेवामा ५० प्रतिशत र अप्रेशन गर्नू नपरेमा वा अन्य केशका लागी सबै सेवामा २५ प्रतिशत छुट दिईने पनि जारी सुचनामा उल्लेख छ । बिरामीलाई दिने औषधी आयोजक स्वंयम आफैले उपलब्ध गराउने बताईएको छ । यस्तै जिल्लाका अन्य केहि पालिकामा पनि सिबिर संचालन हुनेछ ।
Enter

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय