कमलबजार , फाल्गुन ०४ । – अछामको कमलबजार नगरपालिका ५ कुईकाले बालविवाह न्यूनिकरण गर्नका लागी जनचेतनामूलक कार्यक्रमहरू लाई तिव्रता दिएको छ । केही समय अघि विवाह  गर्न अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको वडा सरकारले पछिल्लो समय विभिन्न अन्तरक्रिया कार्यक्रमहरूलाई टोल स्तरमा तिव्रता दिएको वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले फरक खबरलाई जानकारी दिए । उमेर नपुग्दै विवाह गर्ने परिपाटीको विकास तिव्र बनेको भन्दै वडाले विवाह गर्दा जन्मदर्ताको प्रमाणपत्र अनिवार्य वडा कार्यालयमा पेश गर्न सूचना जारी गरेको थियो । उमेर नपुग्दै विवाहा गर्नाले जन्मिने शिशु र आमाको स्वास्थ्य अवस्था जोखिममा पर्ने भन्दै यसको न्यूनिकरणका लागी वडाले यस्तो व्यवस्था गरेको अध्यक्ष तिमिल्सैनाको भनाई छ । अध्यक्ष तिमिल्सैनाले अहिले टोल स्तरमा सबै टोलवासीलाई भेला गरेर बाल विवाह गर्दा हुने समस्या, यसले गर्ने असर लगायतका विषयमा वडा बासीलाई जानकारी गराउँदै आएको छ । बिहीबार वडाको बिन्ताल्ना टोलमा पनि अन्तरक्रिया कार्यक्रम गरिएको अध्यक्ष तिमिल्सैनाले बताए ।वडाको यो निर्णयको अहिले सर्वत्र स्वागत भैरहेको छ भने सकारात्मक प्रतिक्रिया समेत आईरहेका छन । वडाले प्रहरीसँग पनि समन्वय गर्दै आएको छ ।

Source :Pharakkhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय