हिक्मत नेपाली
कमलबजार, फाल्गुन १२ ।
कमलबजार नगरपालिका वडा नं ५ कुईकाको आयोजनामा वाल विवाह न्युनिकरणका सम्बन्धी जनचेतनामुलक साँस्कृतिक कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । कमलबजार नगरपालिका वडा नं ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैनाको अध्यक्षतामा सम्पन्न भएको साँस्कृतीक कार्यक्रममा प्रमुख अतिथी कमलबजार नगरपालिकाका उपप्रमुख शारदा कुमारी बिष्ट रहनु भएको थियो । महाकाली माबिको प्राङ्गणमा सम्पन्न भएको साँस्कृतिक कार्यक्रममा वालविवाह न्यनिकरणकका लागी सन्देशमुलक बिभिन्न स्थानिय देउडा गीत प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै उपप्रमुख कुँवर वालविवाह न्युनिकरणकमा लागी जनचेतनामुलक कार्यक्रले महत्पपुर्ण भुमिका खेल्ने भएकाले आगामी दिनमा अन्य वडा संगै पालिकालेनी आगामी दिनमा यस्ता कार्यक्रम गर्ने बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले वडाले वालबिवाह न्युनिकरणका कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको र यसमा आम वडावासीको साथको खाँचो रहेको बताउनु भयो ।
कार्यक्रममा कमलबजार नगरपालिका वडा नं ३ का वडा अध्यक्ष नन्द सिंह कुँवर, पालिकाको महिला तथा वालबालिका शाखा प्रमुख डम्बर ढुंगाना , उजुरी प्रशासक पवित्रा भण्डारी , ईलाका प्रहरी कार्यालय कमलबजारमा प्रमुख भास्कर चन्द , विभिन्न पार्टीका प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधी लगायत सयौं नागरिकको उपस्थिीती रहेको थियो । कार्यक्रमकाे विस्तृत रिपाेटिङ्ग भिडियाे सहित KAMALBAZAR MEDIA KBM TV   YouTube Channel Ma हेर्नसकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय