टेक बहादुर थापा
अछाम चैत्र ३ ।
जेसिज अछामले आयोजना गरेको एक दिने निशुल्क दन्त सेवा शिविरमा मंगलसेन नगरपालिका वडा न १ का ५० जनाले सेवा लिएका छन । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत संस्थाले वडामा दन्त सेवा शिविरको आयोजना गरेको हो । आफ्नो स्थापना कालदेखि नै जिल्लाका विभिन्न किसीमका रचनात्मक कार्यहरु गर्दै आएको जेसिजले नगरपालिकाको विकट टोलमा रहेको मालिका आधारभुत विद्यालयमा शिविर संचालन गरेपछि विद्यार्थि र अभिभावकहरुलाई आवश्यक परामर्श सहित दन्त सेवा दिईएको जेसिज अछामका अध्यक्ष टेक बहादुर थापाले बताउनुभयो । शिविरमा किराले खाएको दात निकाल्नुका साथै आवश्यक औषधी र अन्य परामर्श समेत दिईएको थियो । अहिले पनि गाउँघरमा दातको समस्या भएका धेरै नागरिकहरु रहेकाले त्यस्ता नागरिकहरुलाई थोरै भएपनि राहात दिने उदेश्य अनुरुप आयोजना गरिएको निशुल्क दन्त शिविरमा वडाका नागरिकहरुको उलेख्य सहभागिता रहेको थियो । किराले खाएको दात निकाल्न मंगलसेन जादा २ हजार देखी ३ हजार सम्म खर्च हुन्थ्यो आफ्नै गाउँमा निशुल्क किराले खाएको दात निकालेपछि निकै सहज भएको वडाका सेवाग्राही दली रानाले बताउनुभयो । पत्रकार संग कुराकानी गर्दै रानाले भन्नुभयो जेसिजले यो निकै राम्रो काम ग¥यो आगामी दिनमा यस्ता सेवामुलक कार्यहरुलाई निरन्तरता दिन समेत उहाले सुझाव दिनुभएको छ । जेसिज अछामको आयोजना, मंगलसेन नगरपालिका र रामारोशन डेन्टल क्लिनिक प्रालीको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको जेसिज अछामका कोषाध्यक्ष मनकला न्यौपानेले जानकारी दिनुभएको छ ।




