हिक्मत नेपाली
अछाम, चैत्र २५
अछामको तुर्माखाँद गाँउपालिकाको आयोजनामा २ दिने आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको समन्वयमा पालिकाको केन्द्र नजिकै रहेकाे ४ नं वडा कार्यालयका सम्पन्न भएको सिविर चैत्र २३ र २४ गते सञ्चालन भएको थियो । आज विहान शिविर सफल पार्न सहयोग गर्ने स्वास्थकर्मी लाई विदाई कार्यक्रममा गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीले धन्यवाद व्यक्त गर्नुभयो साथै आगामी वर्षमा पनि शिविर लाई निरन्तरता दिने बताउनु भयो । दुई दिन सञ्चालन भएको शिविरमा ७सय १४ जनाले सेवा लिएका जस मध्ये एक सय जनाको मोति विन्दुको अप्रेसन भएको र आँखा परिक्षण पश्चात् दृष्टिमा समस्या भएका १५० जना लाई निशुल्क चस्मा वितरण गरिनुका साथै अन्य सवै सेवा ग्राहिलाई निशुल्क अौषधी वितरण गरिएको पालिकाका स्वास्थ शाखा प्रमुख ऐकेन्द्र बयकले कमलबजार दैनिक डटकम लाई जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय