स्थानिय तह संग परियोजनाको समिक्षा तथा आगामी कार्यक्रम सम्बन्धी बैठक कमलबजार नगरपालिकामा सम्पन्न भएको छ । नगरपालिकाका कार्यवाहक प्रमुख सारदा कुमारी बिष्ट कुवरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । बिशेष गरि नगरपालिकामा लैंगिक हिंशा न्युनिकरण र प्रतिकार्य सम्बन्धी कार्यक्रममा अन्र्तक्रिया गरिएको छ ।

कमलबजार नगरपालिकाका १, २, ३, ६ र ९ वडामा संचालनमा रहेको यो कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढेको सहभागीले बताएका छन् । कार्यक्रममा सहभागी बिभिन्न वडाका वडा अध्यक्षहरुले अन्य बाकी वडाहरुमा यो कार्यक्रम लागु गरिनु पर्नेमा सुझाब दिएका छन् ।

नगरका बिभिन्न वडामा संचालित यो कार्यक्रममा सन् २०२२ मा भए गरेका उपलब्धी र सन् २०२३ गरिने आगामी कार्यक्रमको बारेमा जानकारी गराईएको छ । पिसविन नेपाल, भि.एस.ओ. र आईपास नेपालको समझदारी भएको कार्यक्रममा कार्यवाहक नगर प्रमुख सारदा कुमारी बिष्ट कुवरले लैंगिक हिंशा न्यूनीकरणमा सहयोग गर्ने किास साझेदार संघ–संस्थाहरु प्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सहकार्य तथा समन्वयका लागी अनुरोध गर्नुभयो ।

यस्तै सहभागी बिभिन्न वडाका वडा अध्यक्ष तथा अन्य ब्यक्तिहरुले सम्रग कार्यक्रमको बारेमा सुझाब दिंदै नगरका सबै वडाहरु यस कार्यक्रममा जोड्नु पर्नेमा जोड दिएका छन् ।
लैंगिक हिंशा न्युनिकरण र प्रतिकार्य कार्यक्रमको स्वागत मन्तब्य तथा परियोजनाको बारेमा पिसविनका जिल्ला संयोजक गोकुल खड्काले प्रस्तुतीकरण गर्नु भएको थियो ।

यस्तै एकद्धार संकट व्यवस्थापन केन्द्रको कार्यक्रम संजालका बारेमा कार्यक्रम प्रबन्धक रमेश थापाले जानकारी दिनुभएको थियो । कार्यक्रममा नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्ष, निमित्त प्रमुख प्रशासकिय अधिकृत पुर्ण प्रसाद बजगार्ई, बिभिन्न बिषयगा शाखाको प्रमुख एवंम् प्रतिनिधी, यु.एन.एफ पिएका जिल्ला संयोजक आस्था रिजाल, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रमको संचालन नगरपालिकाका न्यायिक समिती उजुरी प्रशासक पबित्रा भण्डारीले गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय