कमलबजार नगरपालिकाका कार्यवाहक नगर प्रमुख सारदा कुमारी बिष्ट कुवरले जलवायु परिवर्तनका कारण मानविय दैनिक क्रियाकलापमा ठुलो असर पुग्ने भएकाले सचेत रहनु पर्ने बताउनु भएको छ ।

 

कमलबजार नगरपालिकाको आयोजना तथा आईपास र पिसविन नेपालको सहयोग एवंम् सहकार्यमा बिहीबार कमलबजार नगरपालिकामा भएको पालिका स्तरिय स्थानिय अनुकुल कार्ययोजना पुनरावलकन गोष्ठी कार्यक्रममा बोल्दै उहाँले सो कुरा उल्लेख गर्नु भएको हो ।

 

जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै जानु, बन जगंल नासिदै जानु लगायतका समस्या सृजना हुनुमा यसको मुख्य कारण भएको औंल्याउदै उहाँले मानविय क्रियाकलापमा नै सुधार गर्नु पर्ने कुरामा जोड दिनुभयो । जलवायु परिवर्तनले यौन तथा प्रजनन स्वास्थ्य पनि प्रत्यक्ष असर पारिरहेको उल्लेख गर्दै उहाँले बिभिन्न सचेतनाका कार्यक्रमहरु गरिनु पर्नेमा पनि कुवरको जोड थियो ।

 

सहभागी नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्ष तथा बिभिन्न बिषयगत शाखाका प्रमुख एवंम् प्रतिनिधी लगायतका सहभागीहरुका ३ अलग अलग समूह बनाई जलवायु परिवर्तनका कारण निम्तीने समस्या तथा तिनका समाधानका उपायहरुका बारेमा छलफल समेत गरिएको थियो ।

 

साथै नगरका बिभिन्न वडाहरुका अति जोखिममा रहेका बस्ती तथा टोलहरुको रिर्पोटिंग गरि तिनको अवलोकन तथा निरिक्षण गर्ने लगायका बिषयमा पनि छलफल भएको छ ।

 

आईपास नेपालका प्रतिनिधी खुश्बु पौडेलले मौसम र जलवायु पविर्तनका बारेमा सहजिकरण गर्नु भएको थियो भने आईपासकै अर्का प्रतिनिधी उपेन्द्र कुवरले यौन तथा प्रजनन स्वास्थ्यका बारेका प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पुर्ण प्रसाद बजगाई, सम्पुर्ण शाखाका प्रतिनिधी, बिकास साझेदार संस्थाका प्रतिनिधी, पत्रकार लगायतको सहभागिा रहेको कार्यक्रमको संचालन नगरपालिकाको न्यानिक समितीका उजुरी प्रशासक पबित्रा भण्डारीले गर्नु भएका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय