सुबाश अधिकारी, २०८० बैशाख ०८ कमलबजार, अछाम
जुनसुकै बजार तथा सहरी क्षेत्रको विकास, संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापन र प्रवद्र्धन गर्ने उद्देश्यका साथ गठन गरिन्छ बजार विकास तथा प्रवद्र्धन समिति । समग्र बजार क्षेत्रको उचित व्यवस्थापन, प्रतिस्पर्धात्मक बजारीकरण, उपभोक्ता तथा व्यवसायीहरु बिचको अन्तर्सम्बन्ध कायम गर्ने जस्ता कार्यहरु गर्नुपर्ने हो बजार विकास तथा प्रवद्र्धन समितिले ।

उत्कृष्ट व्यापारिक क्षेत्रको रुपमा विकास गर्न आवश्यक नीति र नियम निमार्ण गर्ने, उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले बजार क्षेत्रको आवश्यक अनुगमन तथा सुपरीवेक्षण गर्ने, बजार क्षेत्रको समुन्नतिको लागी समितिले समय–समयमा मेला–महोत्सब, कृषि मेला प्रदर्शनी, स्थानिय उत्पादन लाई उचित बजारिकरणका साथै मूल्यांकन लगायतका आधारभूत कार्यहरु गर्ने जिम्मेवारी र उत्तरदायित्व सोे समितीको हो ।
यस्तै बजारमा विकासका पूर्वाधारहरु जस्तै खानेपानी, फोहोर व्यवस्थापन, स्वास्थ्य, संचार, यातायात, शिक्षाको बिकास हुन नितान्त आवश्यक हो

तथापी
जिल्लाको मुख्य व्यपारिक एवं पर्यटकीय क्षेत्रको पृष्ठभूमि बोकेको सुन्दर नगरि कमलबजार नगरपालिकाको केन्द्र रहेको बजार क्षेत्रमा मनपरी तरिकाले नीति र नियम बिना नै बिभिन्न कार्यहरु हुँदै आईरहेका छन् । बजार क्षेत्रमा समस्याहरु दिन प्रतिदिन बृद्धी हुँदै गईरहे पनि सरोकारवालाहरुको ध्यान जान सकेको छैन् । करोडौं बजेट विनियोजित भई सक्दा पनि खानेपानीको क्षेत्रमा आएको बजेट बालुवामा पानी खन्याए सरह हुँदै आएको छ ।

यहाँका सरोकारवालाको कमजोरी त छ नै स्थानिय बासिन्दाले पनि पानीको सहि सदुपयोग गर्न नसकेको स्थानिय जानकारहरु बताउँछन् । खानेपानीका लागी पानीको स्रोत नजिक ट्याँकीहरु निमार्ण गरिएका भए पनि पानी भण्डारण नगरिकनै निर्मीत कतिपय संरचनाहरु भत्किसकेको छन् त कतिपय जिर्ण हुँदै गएका छन् । बजार स्थापनाको केहि समय पछि देखि नै खानेपानीको समस्या हँुदै आए पनि यहाँका सरोकारवालाहरुले खासै चासो नदिएको स्थानिय व्यापारी पदम बिष्ट बताउँछन् ।

यस्तै बजार क्षेत्रको फोहोर व्यवस्थापन हुन नसक्दा वातावरण नै असन्तुलित हुँदै जाँदा बिभिन्न रोगको संक्रमणकोे जोखिम बढदै गएको छ । फोहोरका कारण हैजा, टाईफाईड, आउँ, झाडा–पखाला, रुघाखोकी, मुटु रोग लगायत दिर्घ रोगको पनि जोखिम हुन सक्ने प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारका डा. अनमोल थापाले बताएका छन् ।

निर्वाचित भएको केहि समय पछि हप्तै पिच्छे बजार सरसफाई अभियान निरन्तर सुरु गर्ने बताएका नगर प्रमुख यज्ञ प्रसाद ढकालले पनि यसमा खासै वास्ता नगरेको यहाँका स्थानियहरु बताउँछन् ।

यस समस्यामा कमलबजारमा रहेको बजार विकास तथा प्रवद्र्धन समिती पनि पछिन्दै गएको छ । आफै सक्रिय हुनु पर्ने सो समिती न कुनै सरोकारवाला संग समन्वय गर्छ नत कुनै संघ–संस्था संग । आफ्नै नेतृत्व फेर्न नसक्ने बजार बिकास तथा प्रवद्र्धन समितीले बजारको मुहार फेर्नै नसक्ने पनि कतिपयको भनाई छ ।

कमलबजारमा रहेको बजार बिकास तथा प्रवद्र्धन समिती गुमनाम जस्तै देखिन्छ । हरेक २ बर्षमा कार्यसमिती परिवर्तन गरिनु पर्ने व्यवस्था रहे पनि यस समितीको ५ बर्ष बढि पुगिसक्दा पनि नयाँ नेतृत्व आउँन सकेको छैन् । बिभिन्न सरोकारवाला निकायलाई घच्घचाउने तथा बिकासका लागी सहकार्य गर्नु पर्ने बजार बिकास तथा प्रर्बधन समिती आफै कुहिरो भित्रको काग जस्तै गुमनाम हुनुले यस समितीको माथी नै थूप्रै प्रश्न उठ्दै आएका छन् ।

समय–समयमा सामाजिक संजालमा बिभिन्न टिका टिप्पणी हुदै आए सम्बन्धीत समितीको कान सम्म भने पुग्न सकेको छैन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय