
सहि व्यक्तिलाई सहि समयमा सहि रकम प्रदान, सामाजिक सुरक्षाको हाम्रो अभियान । सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ।
जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिन भित्रै आफ्नो स्थानीय निकायमा गई दर्ता गरौं ।
जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिन भित्रै आफ्नो स्थायी ठेगानाको वडा कार्यालयमा गई दर्ता गरौं । जन्म र मृत्यु दर्ताको सूचना परिवारको मुख्य व्यक्तिले र निजको अनुपस्थितिमा परिवारको १८ वष उमेर पुगेको व्यक्तिले सूचना दिन सक्छन् । जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो ।
विवाहको सूचना पति र पत्नी दुवैले दिनु पर्छ । सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन् । बसाई सराई दर्ता गर्दा व्यक्ति आफू मात्र बसाई सरी गए व्यक्तिले र परिवार नै बसाई सरी गए परिवारको १८ वर्ष उमेर पुगेको व्यक्तिले सूचना दिनु पर्छ




