हिक्मत नेपाली
कमलबजार बैशाख २८ ।
स्थानीय कृषि उपजमा आधारित बिद्यालय दिवा खाजाका लागी पालिक स्तरिय सुभारम्भ कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ ।
सुभारम्भ कार्यक्रम बाक नेपालको आयोजना तथा कमलबजार नगरपालिकाको सहयोगमा भएको हो । कमलबजार नगरपाकिाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवर पालिकाका बिभिन्न वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य , प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट , कृषी शाखा प्रमुख सुनिल कुँवरको उपस्थिीती रहेको थियो । यस्तै कमलबजार नगरपालिकाका बिभिन्न बिद्यालयका प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष, वाक नेपालका महासचिव अप्सरा कुँवर बिभिन्न सञ्चारमाद्याममा आवद्ध सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो । सो कार्यक्रममा कमलबजार नगरपालिकाका ४६ सामुदायिक बिद्यालयका ६२४७ बिद्यार्थी दिवाखाजामा समेटिएको जानकारी गराईएको थियो । प्रत्येक विद्यार्थीलाई १५ रुपैयाका दरले दिदै आईएको दिवा खाजाका लागी कमलबजार नगरपालिकामा बार्षिक १ करोड ६८ लाख दिवाखाजामा खर्च भईरहेको हुदाँ आगमी दिनमा स्थानीय कृषि उपज लाई प्राथमिकता दिएर बिद्यालय दिवा खाजामा स्थानिय स्तरमा उत्पादित खाद्यान्न तथा तरकारीलाई प्रयोग गर्नुपर्नेमा सहभागी सबैको जोड थियो ।

बाक नेपालमा कार्यरत बम भट्टले स्थानीय कृषि उपजमा आधारित बिद्यालय दिवा खाजाका लागी पालिक स्तरिय सुभारम्भ गोष्ठीमा आफ्नो प्रस्तुतिकरण राख्नु भएको थियोे ।श्री जाल्पा देवी माबिका प्रधानाध्यापक जनकराज भण्डारीले स्थानीय स्तरमा उत्पादित बस्तु प्रयोग गरेर दिवा खाजा बनाउन निकै चुनौतीपर्ण रहेको बताउनु भयो । साथै उहाँले भान्साकोठाको व्यवस्थापन , पकाउन लाई प्रयोग गरिने श्रोतको अभाव र कार्यालय सहयोगीको परिचालन लगायतका समस्या समाधानका लागी सरोकारवाला सबैले पहल चाल्नुपर्ने बताउनु भयो ।

कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम लाई राज्यको निति अनुसार हामीले जसरी पनि कार्यान्वयन गर्नुपर्नेमा नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरको जोड थियोे ।
गोष्ठिको अध्यक्षताको आसन बाट बोल्दै नगर प्रमुख यज्ञ प्रसाद ढकालले स्थानीय स्तरमा उत्पादित खाद्यन्न तथा तरकारी प्रयोग गरेर बिद्यालय दिवा खाजा बनाउदा स्थानीय उत्पादित बस्तु प्रयोग भई पालिका भित्र आर्थीक चलायमान हुनुका साथै बिद्यार्थीले स्वस्थकर ताजा खाजा पाउने भएकाले यसलाई तत्काल कार्यान्वयनमा ल्याउन पालिका प्रतिबद्ध रहने बताउनु भयो ।
स्थानीय कृषि उपजमा आधारित बिद्यालय दिवा खाजाका लागी पालिक स्तरिय सुभारम्भ गोष्ठिको सञ्चालन पालिकाको शिक्षा शाखामा कार्यरत नैन बहादुर कुँवरले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय