हिक्मत नेपाली , कमलबजार जेष्ठ ७ ।

किसान सुचिकरण गर्न सहजकर्ताहरूका लागी आयोजना भएको २ दिने तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको छ । कमलबजार नगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको तालिमको समापन कार्यक्रम कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालको सभा अध्यक्षतामा सम्पन्न भएको छ ।
तालिमको अध्यक्षताको आसन बाट नगरप्रमुख ढकाललेले किसान सुचिकरणका लागी सहजकर्ताह?का लागी आयोजना भएको तालिममा सिकेका ज्ञान तथा सिप लाई प्रयोग गरेर कृषको एकिन तथ्यांक ल्याउन तालिममा सहभागी सहजकर्ता लाई आग्रह गर्नुभयो ।
तालिमको समापनमा कमलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट, कमलबजार नगरपालिकाको कृषि शाखा प्रमुख सुनिल कुँवर , कृषि शाखामा कार्यरत कृषि स्नातक अर्जुन बिष्ट , बिभिन्न सञ्चारकर्मी लगायतको उपस्थिस्ती रहेको थियो । तालिमको समापन सत्रको सञ्चालन कृषि शाखामा कार्यरत नाप्रस बृख बहादुर बिष्टले गर्नु भएको थियो ।
सहभागी सहजकर्ताहरूलाई कमलबजार नगरपालिकाका कृषि शाखा प्रमुख सुनिल कुँवर र ढकारी गांउपालिकाका कृषि शाखा प्रमुख पदम बहादुर बुढाले प्रशिक्षण गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय