हिक्मत नेपाली
कमलबजार, जेष्ठ १९ ।
कमलबजार नगरपालिकाले गाई गोरुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन डिजिज रोग नियन्त्रणका लागी पशु प्राविधिकको टोली पालिकाका प्रत्येक वडामा खटाएको छ । आज कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्टको नेतृत्वमा गएको पशु प्राविधिक सहितको टोलीले वडा नं ३ बयालामा डिजिज बाट प्रभावित गाई गोरुको उपचार गरेको छ । थप उपचारका लागी प्रत्येक वडामा आज देखी थप स्थानीय पशु प्राविधिक लाई खटाईएको कमलबजार नगरपालिकाका पशु सेवा शाखा प्रमुख देवेन्द्र बहादुर शाहीले बताउनु भयो । कमलबजार नगरपालिकाले तत्काल यो रोग नियन्त्रणका लागी कार्यापालिका ९ लाख रकम छुट्याएर औषधी खरिद गरि प्रत्येक वडामा पु¥याईएको नगर उपप्रमुख शारदा कुमारी बिष्टले बताउनु भयो । यस्तै कमलबजार नगरपालिका वडा नं ८ मा वडा अध्यक्ष प्रजा बहादुर बोगटीले जानकारी गराए अनुसार आजै वडाका कृषि पालक कृषकका संक्रमित १०० भन्दा बढी चौपायको उपचार गरिएको छ । भोली थप चौपाएको उपचार गरिने वडा अध्यक्ष बोगटीले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय