हिक्मत नेपाली
कमलबजार, असार २ ।

जिल्ला प्रशासन कार्यालय अछामको आयोजनामा बिभिन्न पालिकाका वडा अध्यक्ष र वडा सचिबका लागी अभिमुखीकरण कार्यक्रम शनिवार कमलबजारमा सम्पन्न भएको छ । कमलबजार नगरपालिकाको समन्वय तथा सहजिकरणमा भएको कार्यक्रममा पञ्चदेवल बिनायक, कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाँउपालिकाका भित्रका वडा अध्यक्ष र वडा सचिबलाई नागरिकताका लागी आवश्यक कागजात तथा प्रकृयाका बिषयमा जानकारी गराईएको थियो ।
प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियो । यस्तै बिशिष्ट अथितीमा शारदा कुमारी बिष्ट रहनु भएको थियो ।
कार्यक्रमको अध्यक्षताको आशनबाट बोल्दै प्रजिअ न्यौपानेले नागरिकता सम्बन्धी कानुनी व्यवस्थाका वारेमा कर्मचारीले जनप्रतिनिधी लाई प्रस्ट जानकारी गराउनु पर्ने र सोही अनुरुप जनप्रतिनिधीले सिफारिस गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमको प्रमुख अथितीको आशन बाट बोल्दै कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले नागरिकता सम्बन्धी अछाम जिल्लामा थुप्पै समस्या रहेकोले समाधानका लागी जिल्ला प्रशासन कार्यालयले आयोजन गरेको अभिमुखीकरण कार्यक्रमले बिशेष भुमिका खेल्ने बताउनु भयो ।
कार्यक्रमका बिशिष्ट अथिती कमलबजार नगरपालिकाका उपप्रमुख शारदा कुमारी बिष्टले पछिल्लो समय बालबिवाह हुने गरेकाले बिवाहदर्तामा समस्या भईरहेको र त्यसको समाधानका लागी कैफियत महलमा खुलाई उमेरपुगीसकेपछी विवाह दर्ता गराउनुपर्ने लगायतका जानकारी अभिमुखीकरणमा प्राप्त भएकोले यसले काम गर्न सजिलो हुने बताउनु भयो । साथै उहाँले यस्ता कार्यक्रम आगामी दिनमा बर्षको दुईपटक अनिवार्य आयोजना गर्नुपर्ने भनाई राख्नु भएको थियो ।
कमलबजार नगरपालिकाका प्रबक्ता समेत रहेकमा ५ नं वडा कुईकाका वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले जिल्ला प्रशासन कार्यालय बाट पनी नागरिकता दिने क्रममा थुप्पै त्रुटी देखीएकोले आगामी दिनमा सुधार गदैं लैजानु पर्ने र नागरिकलाई पटक पटक सानासाना कुरामा दुख दिन नहुने बताउनु भयो ।
कार्यक्रममा सहभागी सम्पुर्ण वडा अध्यक्षको प्रतिनिधित्व गदै पञ्चदेवल बिनायक नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुरत रावतले नागरिकता सम्बन्धी धेरै जिज्ञासा मेटिएका र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।
सहभागी सम्पुर्ण वडा सचिबको प्रतिनिधित्व गदैं कमलबजार नगरपालिका वडा नं ६ बिरपथका वडा सचिब हेमन्त शाहीले वडामा काम गदैं गर्दा आम नागरिकले सहजरुपमा नबुझ्ने भएकाले थप समस्या वेहोर्नुपरिरहेको र जिल्ला प्रशासनमा काम गर्नै कर्मचारीले सेवाग्राहि संग झर्केर कुराकानी गर्ने गुनासो आईरहेकाले सुधार गर्नुपर्ने भनाई राख्नु भएको थियो ।कार्यक्रममा सहभागी अधिंकांश सहभागीले नागरिकलाइ सहज सेवा प्रवाह गर्नुपर्नेमा सबैको जोड दिनुभएको थियो ।
कमलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको बिशिष्ट अथिती शारदा कुमारी बिष्टले व्यानर वाचन गरेर उद्घाटन गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालय अछामका नायब सुब्बा लक्ष्मी कुमारी बस्नेतले गर्नु भएको थियो ।




