कमलबजार, असार १५ ।
अछामको कमलबजार नगरपालिकामा २० अौं राष्ट्रिय धान दिवस २०८० तथा रोपाइँ महोत्सवाम मनाईएको छ । असार १५ मा देशभर राष्ट्रिय धान दिवस कार्यक्रम अनुसार कमलबजार नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा कमलबजार नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकाल, उपप्रमुख शारदा कुमारी बिष्ट, कमलबजार नगरपालिका वडा नं नं १ का वडा अध्यक्ष भक्त बहादुर बोहरा, वडा नं ७ का वडा अध्यक्ष नृप बहादुर बोहरा, वडा नं ९ का वडा अध्यक्ष कमल प्रसाद बजगाई, पालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट, कृषि विकास शाखा प्रमुख शुनिल कुँवर लगायतको उपस्थिति रहेको थियोे ।
कमलबजार नगरपालिका वडा नं १ मुली स्थित टाँगावाडा टोलमा अवस्थित कृषक राम बहादुर बिष्टको खेतमा पालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको विशेष उपस्थितिमा धान दिवसको अवसरमा रोपाइँ गर्दै दही चिउरा खादै असार १५ अर्थात राष्ट्रिय धान दिवस मनाईएको कमलबजार नगरपालिका कृषि विकास शाखा प्रमुख सुनिल कुँवरले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय