रमिता बि क ।
असोज २२ गते । कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाको आधारभुत स्वास्थ्य चौकीमा आज संञ्चालन भएको नि शुल्क शिविर सेवामा २२६ जनाले सेवा लिएका छन ।
कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाको आयोजना तथा वडा अध्यक्ष सत्यराज तिमिल्सैनाको सक्रियतामा आज कमलबजार नगरपालिकाका एम बि बि एस डाक्टरद्धारा वडा नम्बर ५ का २२६ जनाले सेवा लिएका हुन ।
डाक्टर रुपेस सङ्गौला र आयुर्वेदिक डाक्टर खुम बहादुर डाँगीद्धारा गाउँमा फैलिएको भाइरल ज्वरोलाई रोकथाम गर्न महिला पुरुष जेष्ठ नागरिक , र बालबालिकाले सेवा लिएको वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले जानकारी दिनु भयो ।
जनसमुदायमा भाइरल ज्वरोको कारण निकै समस्या भइ बालबालिकालाई पठनपाठनमा पर्न गएको समस्या र अन्य कार्यमा असहज भएको हुँदा आफ्नो वडाका नागरिकमा असर पर्न नदिनका लागि शिविरको आयोजना गरिएको वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले बताउनु भयो ।
वडाको समग्र विकासका लागि दिनरात नभनि एकिबद्ध रुपमा लागिपर्ने उहाँको भनाई छ । वडा अध्यक्ष तिमिल्सैना सामाजिक कार्यमा सधै आगाडी हुनुहुन्छ ।





