पवित्रा खड्का
कमलबवजार , पौष १७ ।
कुष्ठरोग रोकथाम अभियान अन्र्तगत अनुसार कमलबजार नगपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न भएको छ ।
कुष्ठरोग रोगथाम अभियान घर दैलो अभियान सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम को प्रमुख अतिथिकाको आसन बाट बोल्दै कमलबजार नगरपालिका नगर उपप्रमुख सारदा कुमारी बिष्ट कुँवरले कुष्ठरोग रोग औषधि खाए पछि ठिक हुने रोग भएकाले रोग लुकाएर नबस्न आग्रह गर्नु भयो ।
एक दिने अभिमुखिकरर्ण कार्यक्रम को अध्यक्षता कमलजार नगरपालिका प्रमुख प्रसासकिय अधिकृत खडक बहादुर बिष्ट रहनु भएको थियो । अध्यक्षताको आसनबाट बोल्दै अधिकृत बिष्टले हाम्रो समुदाय मा रोग लुकाएर बस्ने ब्यक्ती को संख्या धेरै भएकाले कुष्ठरोगीको एकिन तथ्यांक अझै वाहिर आउन नसकेको बताउनु भयो । उपचार गरे रोग निको हुन्छ भन्ने सन्देश गाँउगाँउमा पु¥याउन आवश्यक रहेकोले स्वास्थ्यकर्मीले यसमा बिशेष भुमिका खेल्नुपर्ने बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजना एन एल यार नेपाल, तथा एन.एन.एस.ड्ब्लु.ए को प्राबिधिक तथा आर्थिक सहयोग र कमलबजार नगरपालिका को समन्वयमा भएको कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैना कमलबजार नगरपालिका का विभिन्न शाखा प्रमुख एवं प्रतिनिधि कमलबजार नगरपालिका १ देखि १० वटै वडाका स्वास्थ्य इन्चार्ज पत्रकार लगाएत को सहभागिता हरेको थियो ।
आफ्नो शरीरको जाच गरि एक खुराक औसधि खाऔ कुष्ठरोग लाग्न बाट बचौ भन्ने मुलनाराका साथ सुरुभएको कार्यक्रम को संचालन स्वास्थ शाखा प्रमुख चक्र बहादुर बिष्टले गर्नु भएको थेयो एक दिने अभिमुखिकरण कार्यक्रम को प्रशिक्षण जिल्ला स्वास्थ्य कार्यालयमा कार्यारत दिपेन्द्र जोशी, मान बहादुर महरा र प्रकाश मल्लले दिनु भएको थियो ।
कुष्ठरोग लागेका मान्छे अझैपनी धामीझाक्रीकोमा जाने तथा खुलेर अझै औषधी उपचार नगर्ने र रोगलाइ लुकाएर बस्ने प्रचलन हाम्रो समुदाय मा यथावत नै रहेको देखिन्छ । कुष्ठरोग लागे पछि लुकाएर नबस्न खुलेर रोगको पहिचान गरे औसधि खादा कुष्ठरोग निको हुने भएकाले गाउँ टोलमा सन्देश फैलाउन स्वास्थ्यकर्मी लाइ आग्रह गरिएको छ ।
कुष्ठरोग छाला र बाहिरी वा सतहका स्नायुहरुमा असर पु¥याउने एक प्रकारको सरुवा रोग हो यो रोग मानिसहरू मा लाग्ने रोगहरु मध्य सबै भन्दा प्रचिन रोगको रुपमा लिएको मानिन्छ । २०६० साल देखि २०८० साल सम्म कमलबजार नगरपालिकामा २२ जनाले कुष्ठरोगको औषधि खाइरहेको जिल्ला स्वास्थ्य कार्यालयको उपलब्ध बिवरण तथ्यांक मा उल्लेख गरिएको छ ।




