अछाम । अछामका ब्लड क्यान्सर पिडित बिराज खड्काको आर्थिक अभावका कारण उपचारमा समस्या आएको छ । जिल्ला मङ्गलसेन नगरपालिका वडा नं ११ का उनको अहिले बि.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ ।
घरको आर्थिक अवस्था निकै नाजुक भएकाले खड्काको उपचारको लागि आवश्यक खर्च जुट्न नसक्दा समस्या भएको उनका आफन्तले बताएका छन् । उनको उपचारमा ६ लाख रुपैयाँ सँगै छ महिना अस्पताल बस्नुपर्ने र हप्ता हप्तामा किमो चढाउनु पर्ने भएको हुँदा उपचार गर्न समस्या भएकाले सक्नु हुनेले आर्थिक सहयोग गरिदिन उनका आफन्तले अपिल गरेका छन् ।
उनलाई सहयोग गर्न चाहानेल उनको बैंक खाता नम्बर १४५०९७१६७९६०००१६ मा रकम पठाउन सक्नु हुनेछ । अथवा उनको मोबाइल नम्बर ९७६८३०७६१२ मा पनि सम्पर्क गर्न सक्नु हुनेछ ।




