हिक्मत बहादुर नेपाली
अछाम माघ २३ ।
पुर्व गृहमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष राम बहादुर थापा बादल अछाम आईपुग्नु भएको छ ।
नेकपा एमाले अछामको भोलि माघ २४ गते हुने अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुर्व गृहमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष राम बहादुर थापा बादल आज अछाम आईपुग्नु भएको हो । आज अछाममा उहाँ लाई स्वागत गरिएको छ ।
पार्टी केन्द्रले तय गरेको तीन महिने वडा केन्द्रीत अभियान अन्तर्गत जिल्लामा अगुवा कार्यकर्ता भेलागर्ने निर्णय अन्तर्गत अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको र उक्त कार्यक्रमलाई उपाध्यक्ष थापाले सम्बोधन गर्ने बताईएको छ ।




