हिक्मत बहादुर नेपाली
अछाम, माघ २९ ।
अछाममा रुखबाट खसेर १ महिलाको ज्यान गएको छ । जिल्लाको साफेबगर नगरपालिका वडा नं. १३ बाब्लामा आज दिउँसो १ बजेको समयमा रुखबाट खसेर एक महिलाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा ६५ वर्षीया निखिरा नेपाली रहेकी छन् । घाँस काट्न बेडुला रुखमा चढेकी उनी रुखबाट लडेर घाइते भएकि थिईन् । उनलाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटामा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ( डिएसपी ) ईश्वरी प्रसाद भण्डारीले बताउनुभयो




