अछामको कमलबजार नगरपालिका वडा न ५ कुईकाले युवाहरूलाई आत्मनिर्भर गराउन विभिन्न प्रकारका सिपमुलक कार्यक्रम संचालन गर्दै आएको छ ।
वडाले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था संगको समन्वयमा युवा लक्षित कार्यक्रम संचालन गर्दै आएको हो ।
आज एक कार्यक्रमका बिच वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले वडाका ३ जना युवालाइ प्रविधिका सामाग्री हस्तान्तरण गरेका छन ।
वाक नेपालको आर्थिक सहयोग र वडा कार्यालयको समन्वयमा २ जनालाइ काठ चिर्ने चेम्स मेसिन र एक जनालाई मकै छोडाउने मेसिन हस्तान्तरण गरिएको अध्यक्ष तिमिल्सैनाले जानकारी दिए ।
लोकराज देवकोटा, डम्बर भुल लाई काठ च्यात्ने मेसिन र कमल उपाध्याय लाई मकै छोडाउने प्रविधिका सामाग्री हस्तान्तरण गरिएको उनले बताए । यस्ता कार्यक्रमले युवाहरुलाइ स्वदेशमै रोजगारी सिर्जना हुने र आत्मनिर्भर बन्न सक्ने उनको विश्वास छ ।




