हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन ८ ।
एकिकृत उत्थानशील जिविकोपार्जन तथा पोषण परियोजना अन्र्तगत हेल्थ स्क्रिनिंग सम्बन्धी एक दिने तालिम कमलबजारमा सम्पन्न भएको छ ।
वाक नेपालको आयोजना तथा वल्ड भिजन इन्टरनेशनलको आर्थीक सहयोगमा तालिम सम्पन्न भएको हो ।
वाक नेपाल अछामका कार्य समिती सचिब सुरत बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रका प्रमुख अतिथी कमलबजार नगरपालिकाका उपप्रमुख शारदा कुमारी बिष्ट कुँवर रहनु भएको थियो ।
तालिम कार्यक्रमका कमलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर बिष्टले सहभागीलाई प्रशिक्षण गराउनु भएको थियो । वालबालिका तथा किशोर किशोरीको स्वास्थ्य अवस्था लाई बुझ्न हेल्थ स्क्रिनिंग कार्यक्रम आयोजना गरिएकोले सो कार्यक्रम सफल पार्न शिक्षक तथा स्वास्थ्यकर्मीको भुमिका महत्वपुर्ण हुने बताईएको छ ।
तालिममा एकिकृत उत्थानशील जिविकोपार्जन तथा पोषण परियोजना लागु भएका कमलबजार नगरपालिका वडा नं २ बजुडा, वडा नं ३ बयाला, वडा नं ४ चाल्सा र वडा नं ५ कुईकाका विद्यालयमा कार्यरत शिक्षक तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो । तालिमका सञ्चालन वाक नेपालका कर्मचारी दिनेश बहादुर बिकले गर्नु भएको थियो ।






