हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन ११ ।
अछाममा एक किशोरी बलात्कृत भएको घटना बाहिरियो छ । बुबा आमासंग विगत ५ बर्ष देखि रोजगारीको सिलसिलामा भारतको सुरत भन्ने स्थानमा बस्दै आएकी अछामकी बर्ष १२ कि पिडित परिवर्तित नाम( ६९ मंगलसेन ९३ ) बलात्कृत भएको घटना बाहिरियो हो ।
४६ बर्षिय एक पुरुषले २०८१ श्रावण २६ गतेका दिन दिउँसो अन्दाजी १:०० देखि २:०० बजेको समयमा ललाई फकाई जवरजस्ती करणी गरेको र उक्त करणीको कुरा कोहि कसैलाई भनेपछी मारीदिन्छु भनि धम्किसमेत दिएको बताईएको छ ।
हाल पिडित किशोरका बुवाआमा सहित नेपाल आई वसोबास गरीरहेका र अहिले पिडितको पेट सुन्निएको भनि अस्पतालमा उपचार गर्न जादाँ गर्भ रहेको छ भनी अस्पतालले रिपोर्ट दिए पश्चात् सो घटना बाहिरको हो ।
बलात्कार गर्ने कसुरदारको बिरुद्दमा २०८१ फाल्गुन ०४ गते पिडितका परिवारले जाहेरी दिएकोमा जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।




