हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन ११ । अछामको कमलबजार नगरपालिका वडा नं ०८ ढाँकुकी एक महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्वार गरिएको छ । ३५ बर्षिय रंगि देबि भण्डारीको सुत्केरी भए पश्चात् अत्यधिक रक्तचाप वढ्ने र घट्ने समस्या भएका कारण हेलिकप्टर मार्फत उद्वार गरिएको हो ।
उनलाई मंगलसेन नगरपालिका वडा नं ०५ बाट नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचार को लागि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको अछाम प्रहरीले बताएको छ । उनलाई राष्ट्रपति महिला उद्वार कार्यक्रम मार्फत उद्वार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष विकले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय