कमलबजार विमानस्थलमा फाल्गुन २५ देखी नियमित उडानका लागी सम्झौता

हिक्मत बहादुर नेपाली
अछाम, फाल्गुन १३ ।
कमलबजार विमानस्थलमा हवाईजहाज नियमित उडानका लागी सम्झौता भएको छ । पर्यटन पर्वद्धन तथा व्यवसायिक उदेश्य प्राप्तीका लागी कमलबजार नगरपालिका र यति एअरलाइन्स लिमिटेड विच सम्झौता भएको हो । कमलबजार देखी नेपालगञ्ज ४ हजार ५ सय भाडादर कायम रहने गरी तारा ऐअर र कमलबजार नगरपालिका बिच हिजो सम्झौता भएको छ । सम्झौतामा कमलबजार नगरपालिकाका तर्फबाट नगरप्रमुख यज्ञ प्रसाद ढकाल र यति एअरलाइन्स लिमिटेडका तर्फ बाट व्यापार विकास विभाग महा प्रवन्धक दिपेन्द्र बहादुर शाहीले हस्ताक्षर गर्नु भएको छ । नेपालगञ्ज काठमाण्डौं भने यति ऐयरले यात्रुलाई लिने सम्झौतामा उल्लेख छ । पहिलो उडान फाल्गुन २५ गते बाट प्रारम्भ गरिने बताईएको छ । निमार्ण कार्य थालनी भएको ३२ वर्षपछि गत पुस १३ गते तारा एयरको विमानले कमलबजार विमानस्थलमा परीक्षण उडान गरेको थियो ।
परीक्षण उडान पश्चात केहि दिन अघि अछामका विभिन्न छ वटा स्थानीय तहका प्रमुखको बैठकले कमलबजारमा विमानस्थल सञ्चालन गरी हप्ताको एक दिन न्यूनतम तीन महिना सम्म विमान चलाउनका लागि आवश्यक सहयोग गर्न सहमति गरेका गरेका थिए । कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, मङ्गलसेन नगरपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका र रामारोशन गाउँपालिकाले नियमित विमान सञ्चालनमा सहयोग गर्ने सहमती भएको छ । नियमित उडानका लागी हिजो सम्झौता भए संगै यस क्षेत्रका नागरिक खुसी भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय