२०८१ फागुन १४,
निर्मल राजा
बर्दियामा युनिक नेपालकाे सहकार्यमा थारु साहित्य सम्मेलन हुने भएकाे छ ।
बर्दिया जिल्ला काे राजपुर नगरपालिकाकाे जाेतपुरमा ९ औ थारु साहित्य सम्मेलन हुने भएकाे हाे ।
२०७३ सालमा दाङबाट सुरु भएको थारु साहित्य राष्ट्रिय सम्मेलन गत वर्ष आठौं संस्करण सुनसरीको गढीमा आयोजना गरिएको थियो भने अहिले बर्दिया जिल्लाको राजापुर नगर पालिका वडा २ जोतपुरमा हुने भएको हो ।
यसपटक सम्मेलनको उद्घाटन सत्रलाई बोझिलो नबनाउन कसैलाई प्रमुख अतिथि नराखिएको थारु लेखक संघ नेपालका अध्यक्ष डा. कृष्णराज सर्वहारीले बताउनुभयो । उनका अनुसार सम्मेलनमा राजापुर नगरपालिकाको शिक्षा यात्रा, विकास र बाधा, बर्किमार (थारु महाभारत) का पात्र, संक्रमणकालीन न्याय र द्वन्द्वपीडितको सवाल, थारु लोक साहित्यको संरक्षणमा युनिक नेपालको भूमिका, साहित्यको लागि एक कप चिया अभियान, ठुम्रार बसघरा बाटोचित र सिनेमा के बन्यो के बनेन ? जस्ता विषयमा छलफल हुनेछन् । यी छलफल सत्रमा विभिन्न क्षेत्रका विज्ञ, साहित्यकार, राजनीतिज्ञ र अभियन्ताहरूले सहभागिता जनाउने छन् ।
सम्मेलनको सम्पूर्ण तयारी पुरा भइसकेको, अतिथिहरुलाई खानपानमा जोतपुरको बरघर समितिले तथा अन्य क्रियाकलापमा युनिक नेपालका स्वयम्सेवीहरुले सघाउने जंग्रार साहियिक बखेरीका अध्यक्ष सोम डेमनडौराले जानकारी दिए ।
उक्त कार्यक्रम फागुन १५ गते देखि १७ गते सम्म संचालन हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय