हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन १४ ।
अछाम जेसिज द्वारा शिबरात्रीको अवसरमा बैद्यनाथ वेद विद्या आश्रममा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ। बैद्यनाथ बेद बिद्या आश्रममा अध्यनरत बटुक(विद्यार्थी) हरुलाई सहज होस भन्ने उदेश्यले खाध्यन्न सामाग्रि बितरण गरिएको अछाम जेसीज बर्ष २०२५ का अध्यक्ष जितमान बोहराले बताउनुभयो । अछाम जेसिजले विभिन्न समयमा यस्ता सामाजिक काम गर्दै आएको छ । आजको खाद्यान्न वितरण कार्यक्रममा जेसिजका विभिन्न पदाधिकारीकाको उपस्थिति रहेको थियोे ।





