अछाम फाल्गुन १६  । अछाममा संघिय सरकारका  उपप्रधानमन्त्री सहित ३ मन्त्री आउन लाग्नु भएको छ । फरकफरक कामका लागि अछाम आउनेमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रशाद पाण्डे , उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री प्रकाशमान सिहं र गृहमन्त्री रमेश लेखक रहेका छन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रशाद पाण्डे १६ गते आज कमलबजार बिमानस्थल उद्घाटनको लागि तारा एयरलाइन्सको जहाजबाट आउने कार्यक्रम रहेको छ । उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री प्रकाशमान सिहं १९ गते पञ्चदेवल बिनायक नगरपालिका अछामको नवनिर्मित प्रशासनिक भवनको उद्घाटनको लागि हेलिकप्टरबाट अछाम आउने र गृहमन्त्री रमेश लेखक राष्ट्रिय पुनः निर्माण प्राधिकरणको अस्थाई समन्वय सम्पर्क कार्यालय उद्घाटनका लागि गते २० गते अछाम आउने कार्यक्रम रहेको छ । source nirakarankhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय