हसुलिया, कैलाली २०८१ फागुन १९,
निर्मल राजा

नेपालको पहिलो स्माट सटिफिकेट प्राप्त पहिलो बित्तीय संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हसुलिया कैलालीले एक कार्यक्रमको आयोजना गरि समूह सदस्यलाई ग्राहक संरक्षण कोष अन्तर्गत बिमा सुबिधा प्रदान गरेको छ ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलाली जिल्ला कैलारी गाँउपालिका वडा नं ०२ उजेली सिमर बस्ने गंगा ठकुल्लाकाे निधन पश्चात् उनका श्रीमान महा सिह ठकुल्लालाई बिमा रकम प्रदान गरेको हो ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी निर्देशक तथा लघुबित्त बिज्ञ डा. गोपाल दहितका अनुसार सदस्यले ऋण लिए बाफत श्रीमानको रु १०० को एक वर्षको बिमा गर्दा मात्रै पनि कुनै घट्ना भईहाले युनिकले रु ३० हजार सम्मको किरिया खर्च सुबिधा दिने र सदस्य कालगतिका कारण निधन भएको हकमा १३५ प्रतिशत सुबिधा प्रदान गर्ने गरेको बताए । मृतक ठकुल्लाकाे कालगतिका कारण निधन पश्चात् युनिकले तिर्न बांकी ऋणा मिनाह संगै कृया खर्च समेत प्रदान गरेकाे हाे
एक कार्यक्रमको आयोजना गदै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शाखा कार्यालय हसुलिया कैलालीले उनकै घरमा गई किरिया खर्च तथा बिमा बाफतको रकम रु १ लाख ३५ हजार रुपैया कैलारी गाउँपलिका वडा नं २ कि वडा सचिव हिरा ठकुल्लाबाट बिमा रकमकाे चेक हस्तान्तरण गरिएकाे हो ।
उक्त कार्यक्रममा बोल्दै वडा सचिव ठकुल्लाले युनिक नेपालले ग्राहकमुखी कार्य गरेकाे मानविय क्षतिमा बिमा रकमले मलम लगाउने कार्य गरेकाे बताईन ।
वडा सचिव ठुकुल्लाले महिला दिदी बहिनिहरुले आत्म निर्भर हुनु पर्ने र आर्थिक रुपमा बलियाे हुनुपर्ने बताईन ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हसुलिया कैलालीका शाखा प्रबन्धक निर्मल रैकाले समाजसेवी समूह सदस्य गंगा ठकुल्लाको निधनमा दुख ब्यक्त गरे ।

युनिककाे सदस्य गंगा ठकुल्लाको ५५ वर्षको उमेरमा निधन भएको थियो । उनका २छोरी र २ छोरा रहेका छन् ।

उक्त कार्यक्रममा युवा नेता दिर्घ ठकुल्ला, समाजसेवी मिना खत्री, शेर बहादुर ठकुल्ला कर्मचारी प्रमिला थारु लगायतको उपस्थिति रहेको थियो ।

युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि ले २०५७ साल देखी पछाडी पारिएको वर्ग थारु, दलित,मुसलिम, आदिबासी,जनजाती, सिमान्तकृत समुदाय गरिबीको रेखामुनी रहेका महिला दिदिहरुलाई लघुबित्त कार्यक्रमबाट आर्थिक रुपमा सबलीकरण गर्न तथा क्षमता अभिवृद्धी गर्न ग्रामीण क्षेत्रमा कार्य गदै आएको छ ।
हाल युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.संग करिब ९० हजार भन्दा बढी महिलादिदी बहिनीले लघुबित्त सेवा लिदै समुहमा बसेका छन् ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.ले कैलाली, कञ्चनपुर, बांके,बर्दिया,दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ४१ वटा शाखा मार्फत सेवा गदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय