हिक्मत बहादुर नेपाली
अछाम चैत्र २१ ।
नेपाली सेनाको अछाम जिल्ला स्थित गोरख बक्स गणले विपद जोखिम न्युनीकरण सम्बन्धि कृतिम घटना अभ्यास अभियान संचालन गरेको छ । यसै विच आज जिल्लाको कमलबजार नगरपिालिकामा विपद जोखिम न्यूनिकरण र प्रतिकार्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम प्रस्तुतिकरण गरिएको छ । गोरख बक्स गण र कमलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको आजको कार्यक्रम कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।
आज प्रर्दशन भएको कार्यक्रमको समापन गदैं नगर प्रमुख यज्ञ प्रसाद ढकालले आगलागी भुकम्प बाढीपहिरो लगायतका विपदका घटना पुर्व अपनाउनुपर्ने सावधानी र घटना घटिसके पश्चात गरिनुपर्ने खोज तथा उद्धारका कार्यमा कसरी कार्य गर्ने भन्ने बिषयमा नागरिकता लाई सचेतना प्रदान गरेकोले नेपाली सेना लाई धन्यवाद व्यक्त गर्नु भयो ।
अछाम जिल्लाका १० वटै स्थानीय तहमा अभियान संचालन गर्ने उदेश्यका साथ ढकारी गाउँपालिकाबाट सुभारम्भ गरिएको कृतिम घटना अभ्यास पञ्चदेवल बिनायक नगरपालिका ,बान्निगढी जयगढ गाउँपालिका,मेल्लेख गाउँपालिका,चौरपाटि गाउँपालिका र तुर्माखाद गाउँपालिका गरि हालसम्म ६ वटा स्थानीय तहमा यस अघि गारिएको र आज कमलबजार नगरपालिकामा व्यापक जनसहभागीतामा कार्यक्रम सम्पन्न भएको गोरख बक्स गण अछामका गणपति प्रमुख सेनानी संगम अधिकारी जानकारी दिनुभयो ।
गोरख बक्स बाट ४० जनाको टोलिले प्रत्येक पालिकामा ३ दिनको प्याकेज अन्तर्गत पहिलो दिन समन्वय गर्ने दोस्रो दिन स्थानीय जनप्रतिनिधि लगायत स्थानीय सरोकारवाला हरुलाइ प्रशिक्षण गराउने र तेसो दिन विपद जोखिम न्युनीकरण सम्बन्धि कृतिम घटना अभ्यास गर्ने गरिएको गणपति अधिकारीले बताउनुभयो ।
चैत मसान्तसम्म सम्म १० वटै पालिका हरुमा अभ्यास सम्पन्न गर्ने र आवश्यकता को आधारमा यो अभियान लाई निरन्तरता दिनुका साथै ग्रामीण बस्ती लाइ प्राथमिकतामा राखेर यस पछिका कार्यक्रम संचालन गर्ने योजना रहेको उहाँको भनाइ छ ।
धेरै जसो पालिका हरुको विपद व्यवस्थापन समितीमा विपदको समयमा प्रयोग गरिने यन्त्र, उपकरण भएर पनि त्यसको प्रयोग तथा व्यवस्थापन नगरिएकोले विपद व्यवस्थापन समितीको टिमलाई लाई आवश्यक तालिम ,प्रशिक्षण र तिनको व्यवस्थापनको बारेमा जानकारी गराइएको गोरख बक्स गणका सेनानी अमृत खड्काले बताउनु भयो ।
बिद्यालय हरुमा पनि गएर विद्यार्थी हरुलाइ नेपाली सेनाको इतिहासको बारेमा र बिपदमा नेपाली सेनाको भुमिकाको बारेमा जानकारी गराउने गरिएको खड्काको भनाइ छ ।
यस अघि तुर्माखाद गाउपालिकामा कार्यक्रम सम्पन्न भएको थियो । तुर्माखाद गाउँपालिका अध्यक्ष डम्बर बिसिले भौगोलिक रूपमा सदरमुकाम बाट टाढा रहेको तुर्माखाद गाउँपालिकामै पुगेर बिपद सम्बन्धि कृतिम अभ्यास संचालन गरि गाउँपालिका बासीलाई सचेतता जगाइ दिएकोमा नेपाली सेनालाई धन्यवाद दिनु भएको थिायो । गाउँमै पुगेर नेपाली सेनाले विपद जोखिम न्युनीकरण सम्बन्धि कृतिम घटना अभ्यास गरेको पहिलो पटक देखेको स्थानीयहरुले बताएका छन् । यो अभ्यास बाट आफू हरुलाइ विपद पुर्व तयारी योजना बनाउन र बिपद जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने उनीहरुको भनाइ छ ।





