हिक्मत बहादुर नेपाली
अछाम चैत्र २२ ।
कमलबजार नगरपालिकाले अग्नी पिडित गोरे बडेलाको परिवारलाई राहत हस्तान्तरण गरेको छ । कमलबजार नगरपालिका वडा नं ७ काकडजामा स्थित बडेला परिवारको घरमा गयराती ११ बजे तिर आगलागी हुदा घर जलेर नष्ट भएको थियो । आज कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले पिडित परिवारलाई भेटेर ३२ हजार बराबरको खाद्यान्न लत्ताकपडा लगायतको राहत सामाग्री हस्तान्तरण गर्नुभयो ।
आज विहान वडा सरकारको तर्फबाट पनि राहत हस्तान्तरण गरिएको वडा अध्यक्ष नृप बहादुर बोहराले जानकारी दिनुभयो । आगलागी बाट केकती क्षेती भयो सो सन्दर्भमा ईलाका प्रहरीको टोली आज विहान घटना स्थल पुगेर विवरण लिएर प्रहरी मुचुल्का तयार गरेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी दिनुभयो । बडेला परिवारले जानकारी दिए अनुसार आगलागी मानविय लापरवाहीका कारण नभएर दैविक शक्तीका काराण भएको र सोहि कारणले विगत दुई महिना देखि सो परिवार विस्थापित भएर बस्न बाध्य छ । आज कमलबजार दैनिकको टिम स्थलगत रिपोटिंगमा जाँदा वडा कार्यालय नजिकै २४ जनाको बडेला परिवार पाल टाँगेर बसिरहेका छन । सम्बन्धीत घटनालाई गम्भीरताका साथ लिएर उचित व्यवस्थापन गरिदिन स्थानीय खडक बहादुर भण्डारीले माग गर्नु भयो । विगत लामो समय देखि सो परिवार दैविक शक्तिकै कारणले पिडामा रहेको उहाँको भनाई छ ।




