अछाम चैत्र २४ । अछाममा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ५ नोवाठानाका ४२ बर्षका डम्मर बहादुर कुँवरको मृत्यु भएको हो।
आज दिउँसो चैते अष्टमीको अवसरमा गाँउघरमा काटेको खशीको मासु पकाएर खाने क्रममा मासुको हड्डी घाँटीमा अड्किएपछि कुँवर बेहोस भएका थिए । त्यस लगत्तै कुँवरलाई बयलपाटा अस्पतालमा लिईएको थियो । तर उपचारको क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।




