हिक्मत बहादुर नेपाली
अछाम बैशाख ७ ।
तारा एयरलाइन्सले पहिलो पटक कमलबजार विमानस्थलमा व्यवसायीक उडान गर्न सुरु गरेको छ । काठमाडौँ–नेपालगञ्ज- नेपालगंज कमलबजार कनेक्टिङ फलाईट मार्फत तारा एयरलाइन्सले आज आईतवार देखि उडान सुरु गरेको हो ।
काठमाडौं बाट १५ यात्रु ल्याएर आएको विमान नेपालगन्ज हुदै कमलबजार विमानस्थलमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी कृष्ण कुमार शाहले बताउनु भयो । उक्त विमान आजै कमलबजार बाट १५ जना यात्रु लिएर काठमाडौं गएको उहाँले बताउनु भयो ।
आजै एक कार्यक्रमका बिच संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री अरुण कुमार चौधरीले विमानस्थलको उद्घाटन गर्नु भयो । मन्त्री चौधरीले कमलबजार विमानस्थलको पिच गर्न र नियमित उडान गर्न भरपुर प्रयास गर्ने बताउनु भयो । कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी अतिथी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री अरुण कुमार चौधरी रहनु भएको थियो । प्रमुख अतिथिको आशन बाट बोल्दै मन्त्री चौधरीले जहाजको व्यवसायीक उडान सुरु गरे संगै यश क्षेत्रको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उद्घाटन कार्यक्रममा अछाम क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह, निवर्तमान सांसद राम बहादुर बिष्ट, नेपाल कांग्रेसका युवा नेता गणेश बिष्ट लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा बिष्ट कुँवरको स्वागत मन्तव्य बाट सुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन कमलबजार नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख अधिकृत छैटौं खड्ग बहादुर बिष्टले गर्नु भएको थियो ।यस अघि फाल्गुन २५ गते देखी नियमित उडान हुने भनियता पनि सो दिन मोसम प्रतिकुल भए पछि पहिलो उडाननै अवरुद्ध भएको थियो । निमार्ण कार्य थालनी भएको ३२ वर्षपछि गत पुस १३ गते तारा एयरको विमानले कमलबजार विमानस्थलमा परीक्षण उडान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय