हिक्मत बहादुर नेपाली
अछाम जेठ ०७ ।
कमलबजार नगरपालिका वडा नं ९ मष्टावण्डाली स्थित निमार्ण भईरहेको गौरा महेश्वर मन्दिर र वडा नं ०१ मुली स्थित चाल्सालो वण्डाली देवताको थान (मन्दीर) को अनुगमन गरिएको छ । कमलबजार नगरपालिको आव २०८१÷८२ मा पालिका द्धारा विनियोजित गौरा महेश्वर मन्दिरका लागी ६ लाख ५० हजार र चाल्सालो वण्डाली देवताको थान (मन्दिर) को लागी ५ लाख ३४ हजार बिनियोजन भएको थियो । क्रमागत योजना अन्र्तगत सो मन्दिरमा यो बर्ष विनियोजित बजेटको प्राविधिक ईष्टमेट अनुसार काम भएको भौतिक पुवाधार विकास शाखाका प्रमुख सव ईन्जीनियर अम्वेश्वरी कुँवरले अनुगमनका क्रममा बताउनु भयो ।
कमलबजार नगरपालिकाको अनुगमन समितिका संयोजक शारदा बिष्ट कुँवरको नेतृत्वमा गएको टोलीले योजनाको अनुगमन गरेको हो । पालिका बाट गएको टोलीमा अनुगमन समितिका सदस्य नृप बोहरा, नन्दसिंह कुँवर योजना शाखाका प्रमुख विरेन्द्र तिमिल्सैना पुवाधार विकास शाखाका प्रमुख सव ईन्जीनियर अम्वेश्वरी कुँवर, फिल्ड सहायक हिक्मत बहादुर नेपाली लगायतको सहभागीता रहेको थियो । साथै अनुगमनका क्रममा सम्बन्धीत वडाका वडा अध्यक्ष र उपभोक्ता समितीका पदाधिकारीको समेत उपस्थिती रहेको थियो ।

ADVERTISEMENT




