दैनिक संवाददाता
कमलबजार, जेठ ७ ।
कमलबजारमा शिक्षकहरुको आन्दोलन नयाँ चरणमा प्रवेश थरेको छ । यस अघि पालिकाले बैशाख १२ गतेको बिद्यालय समायोजन तह घटाउ र शिक्षक हटाउने निर्णयका विरुद्ध आज देखी पालिकामा  तालाबन्दी गर्ने भनीएता पछि तालाबन्दीको कार्यक्रम जेठ १३ गते गरिने निर्णय नगर शिक्षक तथा विद्यालय कर्मचारी संघर्ष समितिको आज बसेको बैठकले गरेको छ । संघर्ष समितिका अध्यक्ष मिन प्रसाद उपाध्यायको अध्यक्षतामा आज बसेको बैठकले भोली ८ गते देखी १२ गते सम्म पालिकामा धर्ना एवं जुलुस प्रर्दशन गर्ने , र सो अवधिमा सुनुवाई नभएमा १३ गते देखी कमलबजार नगरपालिका अन्र्तगतका सबै सामुदायिक विद्यालयहरु र वडा कार्यालयमा तालाबन्दी गरी कमलबजार नगरपालिकामा समेत तालावन्दी गर्ने र थप आन्दोलनका कार्यक्रम अवधिमा तय गरिने निर्णय गरेको छ । यस सम्बन्धी विस्तृत भिडियो कमलबजार मिडिया केबिएम टिभीमा अपलोड गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय