अछाम  असार ३ । कमलबजार नगरपालिकामा एकिकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजनामा सक्रिय स्थानीय सहजकर्ताहरूलाई औपचारिक रूपमा सम्मान गरिएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र वाक नेपालको साझेदारीमा सञ्चालित एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना अन्तर्गत काम गर्दै आएका १७ जना सहजकर्तालाई प्रमाणपत्रसहित सम्मान गरिएको हो।

सम्मानित हुनेमध्ये एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजनाबाट १७ जना सहजकर्ता रहेका छन्। उनीहरूले विगत ४ वर्षदेखि डिजिटल बजार तथा वित्तीय साक्षरता, प्रदर्शनी प्लट, जलवायु मैत्री कृषक पाठशाला र स्थानीय बजारका सहजकर्ताका रूपमा समुदायमा सहजीकरण गर्दै आएका थिए।

सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख यज्ञ प्रसाद ढकालले कृषक तथा समुदायसँग काम गर्दै आएका सहजकर्ताहरूलाई अब पालिकाका विभिन्न गतिविधिमा आवश्यकता अनुसार प्राथमिकताका साथ परिचालन गरिने बताउनु भयो।

सहजकर्ताहरूलाई पालिकासँग औपचारिक रूपमा आबद्ध गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको वाक नेपालका कार्यक्रम संयोजक लक्ष्मीभक्त जोशी ले जानकारी दिनु भएको थियो।

कार्यक्रममा नगर प्रमुख यज्ञ प्रसाद ढकाल, नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवर, विभिन्न वडाका वडा वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाही , नि. वर्तमान प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट,विषयगत शाखा प्रमुखहरु वाक नेपालका कार्यक्रम संयोजक लक्ष्मीभक्त जोशी लगायतकाे उपस्थिति रहेको थियो।

कार्यक्रमकाे सञ्चालन वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र वाक नेपालको संयुक्त साझेदारी सञ्चालित एकिकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना का सामाजिक परिचालक दिनेश बि कले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय