वाक नेपाललले जिल्लाका दुईवटा पालिकामा धामी तथा पूजारी सम्मेलन गरेको छ । सदरमुकाम मंगलसेनमा रहेको मंगलसेन नगरपालिका र कमलबजार नगरपालिकामा रहेका विभिन्न देवताका धामी र पूजारीहरुलाई भेलागराई सम्मेलन गरेको हो । यी पालिकाहरुमा रहेका धामी, पूजारी तथा धार्मिक अगुवाहरुको उक्त सहभागिता रहेको थियो । वाक नेपालको किशोरी तथा युवतीहरुका लागि सुरक्षित एवं सहयोगी वातावरण परियोजना अन्तर्गत धामी तथा पूजारीको सम्मेलन गरिएको परियोजना संयोजक निराजन चौधरीले जानकारी दिनुभएको छ ।

परियोजना संचालन भएका पालिकामा रहेको धामी पूजारीहरुलाई यस विषयमा बृहत रुपमा छलफलगरि सामाजिक समस्याकै रुपमा रहेको बालविवाह र छाउपडी प्रथा अन्त्यका लागि सकारात्मक भुमिका खेल्न प्रेरित गर्ने उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको परियोजना संयोजक चौधरीले बताउनुभयो । दुईवटा पालिकामा रहेका मााध्यामिक विद्यालय तथा समुदायमा यो परियोजना मार्फत किशोरी तथा शिक्षक विच अन्तरक्रिया गराईनुका साथै किशोरी सहित उनीहरुका आमा संग सामुहिक छलफल कार्यक्रम समेत संचालन गरिएको बताईएको छ । अहिले पनि समुदायमा रहेका किशोरी तथा युवतीहरु विभिन्न बाहामा यौनजन्य हिंसामा पर्ने गरेकाले उनीहरुलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा सबैभन्दा बढी बहस र छलफल हुने गरेको पाईएको छ ।

दुईवटा पालिकामा भएको धामी तथा पूजारी सम्मेलनमा धामी तथा पूजारीहरुले आफ्नो समुदायको अहिलेको अवस्था, चुनौती र आगामी दिनमा सरोकारवालाले खेल्नुपर्ने भुमिकाका विषयमा धारणा राखेका थिए । कार्यक्रममा सहभागि अधिकांश धामी,पूजारीहरुले छाउपडी प्रथा, बालविवाह जस्ता सामाजिक कुरीतिहरु धार्मिक व्यक्तिहरुकै कारण अन्त्य हुन नसकेको आरोप लाग्ने गरेको भन्दै यो आरोप आफुहरुका लागि मान्य नहुने बताएका थिए । उनीहरुले भनेका छन, आज भन्दा १५ /२० वर्ष अघि यो समस्या थियो हामी स्विकाछौ तर अहिले भने यो समस्या निकै कमहुदै गएको र अहिले पनि यसको सबैदोस आफुहरुलाई मात्र दिन नमिल्ने बताएका छन ।
यस्ता कुरीतिको अन्त्य गर्न आफुहरु बाट कुनैपनी किसिमका समस्या नरहेको भन्दै उनीहरुले समुदायमा रहेका अगुवाहरुले आफैबाट सुरुवात गर्न आवश्यक रहेको बताएका छन । समजाका कतिपय अगुवाहरु मञ्चमा कुरा आदर्शका गर्ने तर घरमा आएपछी आफ्नी छोरी बुहारीलाई महिनाबारी भएको बेला छाउगोठमै राख्ने गरेकोपनी आफुहरुले पाएको भन्दै उनीहरु बाट नै सुरुवात भएको खण्डमा समुदायका अन्य सर्वसाधारण नागरिकले पनि यसको सिको गर्नेमा जोड दिएका छन ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अछामका सदस्य तथा जेरेमष्टो देवताका धामी पूर्ण बहादुर रावलले देवताका नाममा घरपरिवार र समुदायका नागरिकलाई दुख्ख दिने धामी तथा पूजारीलाई कार्बाही गर्नुपर्नेबताउनुभयो । आफुपनी लामो समय देखी जेरेमष्टा देवतालाई पूज्दै आएको भन्दै आफुबाट त्यस्तो विभेद नभएको दाबीगर्नुभएको छ । कुनैपनी देवताले नागरिकलाई दुख्ख नदिने भन्दै धामी रावलले कतिपय धामी पूजारीको मनोमानीले नागरिकले दुख्ख पाउने गरेको बताउनुभयो । आफु सामाजिक व्यक्तिपनि भएकाले जहापनि खाना खाने, छोरी बुहारी महिनावारी भएको बेला घरमै राख्ने गरेको तर अहिले सम्म कुनैपनी किसिमको समस्या नभएको बताउनुभयो । आफ्नो गाउँमा संचालन भएका छाउपडी प्रथा र जातीय छुवाछुतको अभियानमा पनि आफुले नेतृत्वदायी भुमिका खेल्दा आफुलाई थप राम्रो हुदैगएको जिल्ला समन्वय समिति सदस्य रावलको भनाई छ । सामाजिक कुरीति अन्त्य नहुनुको सबैदोस आफुहरुलाई दिन नमिल्ने भन्दै रावलले पछिल्लो समयमा धामी र पूजारी माथिपनि हिंसा भईरहेको बताउनुभयो ।
आफुहरु बाट अब समस्या नरहने भन्दै कार्यक्रममा सहभागि अन्य धामी पूजारीहरुले पनि सरोकारवालाले संचालन गरेको अभियानमा संग संगै हिड्ने प्रतिबद्धता समेत जनाएका थिए । यो कार्यक्रमको मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले पनी प्रशंसा गर्नुभएको छ । उहाले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो भने कमलबजार नगरपालिकाका जनप्रतिनिधिहरुले पनि खुलेर प्रशंसा गरेका थिए । मंगलसेनमा दुईदिन सम्म संचालन भएको कार्यक्रमको सहजिकरण किशोरी तथा युवतीहरुका लागि सुरक्षित एवं सहयोगी वातावरण परियोजनाका प्रोजेक्ट अफिसर गौरी भण्डारीले गर्नुभएको थियो भने कमलबजारमा भएको सम्मेलनकोे सहजिकरण प्रोजेक्ट अफिसर दीपा बमले गर्नुभएको थियो । कार्यक्रममा दुईवटा पालिका गरि १ सय २० जना भन्दा बढी धामी, पूजारी र धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम KOICA र UNFPA को सहयोगमा Good Neighbors International Nepal र WAC नेपाल को साझेदारीमा SAFE Girls परियोजना अन्तर्गत आयोजना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय