अछाम श्रावण २० ।
अछाममा एक जना मृत फेला परेका छन् । जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ९ मष्टाबण्डालीका ५० वर्षीय रतन रावत मृत फेला परेका हुन् । आज मंगलबार दिउँसो रावतलाई उहाँकै घर छेउमा रहेको करेसाबारीमा मृत अवस्थामा भेटाइएको प्रहरी बताएको छ ।
मानसिक अवस्था ठिक नभएका रावत घरमा एक्लै बस्दै आएको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको र घटनाको बारेमा थप अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यलय अछामका सुचना अधिकारी प्रहरी निरीक्षक टेक बहादुर देउवाले जानकारी दिनुभएको छ ।




