अन्तर्राष्ट्रिय युवा दिवस अछाम जिल्लामा पनि विभिन्न कार्यक्रमको आयोजनागरि मनाईएको छ । दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार भन्ने नाराका साथ मंगलसेन बजारमा बृहत सरसफाई कार्यक्रमको आयोजना गरेर दिवस मनाईएको जिल्ला युवा संञ्जाल अछामले जनाएको छ । मंगलसेनको खुल्ला मंचबाट सुरुभएको सरसफाई अभियान बजार क्षेत्र, सार्वजनिक स्थलमा सरसफाई गर्दै वडा न ५ को कार्यालयमा आएर कोणसभामा परिणत भएको थियो । जिल्ला युवा संञ्जाल अछामका अध्यक्ष कमल कुमार रावलको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले युवाहरुले यस्तै रचनात्मक काम गरेर समुदायका नागरिकको मन जित्नुपर्ने बताउनुभएको छ । युवा जागे मात्रै समाज जाग्ने भएकाले सकारात्मक सोचका साथ युवाहरु अघि बढेमा सभ्य समाज निर्माण हुने विश्वाश व्यक्तगर्नुभयो । आज युवाहरु विभिन्न गलत कार्यमा संग्लग्न हुदा समाज कतातिर जादै छ भन्ने चिन्तापनि अर्कोतिर रहेकाले युवाले सकारात्मक बाटो रोजेर सभ्य र आदर्शवान समाज निर्माण गर्ने अभियान संचालन गर्न सुझाव दिनुभएको छ । आज एकले अर्कोलाई असयोग गर्ने समस्या रहेकाले एकताबद्ध भएर समृद्ध अछाम बनाउन सबैले हातेमालो गर्नुपर्ने नगर प्रमुख बोहराको भनाई छ ।
जिल्ला युवा संजालले युवाहरुको क्षेत्रमा राम्रो काम गरेकाले आगामी दिनमा जिल्लाभरका युवाहरुको नेतृत्व गर्दै युवाका सवालमा बृहत छलफल कार्यक्रमको आयोजना गर्न समेत सुझाव दिनुभएको थियो । नगर प्रमुख बोहराले युवाहरुले संचालन गरेका सकारात्मक गतिविधिमा मंगलसेन नगरपालिका सधै सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत जनाउनुभएको छ ।

कोणसभा कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका प्रमुख प्रशासीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले युवाहरुले गलत बाटो रोजे सिंगो समाज नै गलत बाटोमा हिड्ने भएकाले यसतर्फ युवाहरु सचेत हुन आवश्यक रहेको बताउनुभयो । युवाहरु भनेको सुनौलो भविष्य निर्माण गर्ने आधार भएकाले सही बाटोमा अघिबढ्न सुझाव दिनुभएको छ । अहिले पनि मंगलसेन बजारको समस्या उस्तै रहेकोमा चिन्ता व्यक्तगर्दै प्रमुख प्रशासकीय अधिकृत डाँगीले मंगलसेन नबन्नुको कारण केहो यसको समिक्षा गर्न जरुरी रहेको बताउनुभयो ।

युवा व्यवसायी दिपेन्द्र जैगडीले अब युवाहरु जाग्नुपर्ने बेला आएको बताउनुभयो । सरकारले यो गरेन, त्यो गरेन भनेर आरोप लगाए बस्नुभन्दा पनि अब आफै व्यवसायी बन्नुपर्नेमा जोडदिनुभएको छ । पछिल्लो समयमा युवाहरुमा सकारात्मक भन्दा पनि नकारात्मक कुरातर्फ बढि आकर्षित हुने गरेकाले सकारात्मक सोचका साथ आफ्नो व्यवसाय गर्न आग्रहगर्नुभएको छ । आफ्नै गाउँघरमा पनि राम्रो गर्न सकिने भन्दै जैगडीले आफुले पनि दुईतिनवटा व्यवसाय संचालन गरेको जानकारी गराउनुभएको थियो ।
सोही अवसरमा बोल्दै मंगलसेन नगरस्तरिय युवा संजालका अध्यक्ष जगत बहादुर भण्डारीले कामनगरी खाने बानीको विकास हुदा युवाहरुमा वेरोजगारीको समस्या बढ्दैगएको बताउनुभयो । आफ्नो गाउँमा कामगर्न लाज मान्ने तर विदेश गएर तल्लो स्तरको कामगर्न पछी नपर्ने हाम्रो बानीले आज गाउँ खालीहुदैगएको बताउनुभयो । राज्यलाई मात्र दोस दिनुभन्दापनि युवा आफै जाग्नुपर्ने अध्यक्ष भण्डारीको भनाई छ ।

कार्यक्रममा मंगलसेन नगरपालिका वडा न ९ का अध्यक्ष पदम बहादुर बोहरा, पत्रकार महासंघ अछामका उपाध्यक्ष टेक बहादुर थापा, अछाम जेसीजका अध्यक्ष जितमान बोहरा, नेपालरेडक्रस सोसाइटीका धनकुमार केसी, पत्रकार शिवराज ढुंगाना, चन्द्र बहादुर थापा लगायत युवाहरुको सहभागिता रहेको थियो । बजार सरसफाइ कार्यक्रममा अछाम प्रहरी, एभरेष्ट ईन्स्टिच्युट, अछाम जेसीज, वाक नेपाल लगायतका संस्थाका पदाधिकारीको पनि सहभागिता रहेको थियो । कार्यक्रमका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन सेभद चिल्ड्रेन, वाक नेपाल पावर फर एवाई परियोजनाले गरेको वाक नेपालका मिल एण्ड डि आर सी संयोजक नरेन्द्र प्रसाद तिमिल्सिनाले बताउनुभयो । कार्यक्रमको संचालन जिल्ला युवा संञ्जाल अछामका सदस्य कमल थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय