अछाम, श्रावण २९ ।
मंगलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले युवाहरु सुनौलो भविष्य निमार्णका आधार भएको बताउनुभएको छ । युवा बिनाको समाज कल्पना गर्न नसकिने भन्दै युवाहरु अब सृजनशिल भएर समृद्ध समाज निर्माणमा हातेमालो गर्न तयार हुनुपर्ने बताउनुभयो । युवालाई देश विकासको आधार तथा सुनौलो भविष्य निर्माणको आधारका रुपमा हेरिएको हुदा युवाहरुले सकारात्मक सोचका साथ अघि बढे यो ठाउलाई हरेक हिसाबले नमुना बनाउन सकिने बताउनुभयो ।
देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक लगायतका विविध क्षेत्रमा नवीन परिवर्तन ल्याउने कार्यमा युवावर्गको महत्वपूर्ण भूमिका रहने भएपनी पछिल्लो समयमा युवाहरु विभिन्न किसिमका गलत कार्यमा संग्लग्न हुदा समुदायलाई निराश बनाएको प्रमुख प्रशासकीय अधिकृत डाँगीको भनाई छ । बजार क्षेत्रमा देखिने फोहोरमा सबैभन्दा बढी गुट्काजन्य पदार्थका खोस्टा भेटिने गरेको भन्दै उहाले यो खाएर जथाभावी फाल्नेपनि युवाहरु नै बढी देखिएको उहाको भनाई छ । बजार क्षेत्र तथा सार्वजनिक स्थलमा जादा मेघाश्रीका खोस्टाहरु बढीदेखिनुमा युवाहरु बढी दोसीरहेको बताउनुभयो । उहाले युवा र गुट्का बीचको अन्तर सम्बन्धलाई अन्त्य नगरे सम्म कुनैपनी ठाउको बजार क्षेत्र सफा नहुने दाबीगर्नुभयो ।
युवाहरुले नकारात्मक कुरामा मात्रै प्रोत्साहन गर्नुभन्दा पनी सकारात्मक कुरालाई आत्मसाथ गरेर अघि बढे त्यसले घर परिवार र समाजलाई राम्रो हुने बताउनुभयो । रोजागारीको सिलसिलामा आफु अन्य जिल्लामा पनि गएको तर बजार क्षेत्रको अवस्था हेर्दा मंगलसेन बजारको सरसफाइको अवस्था निकै कमजोर रहेको भन्दै चिन्ता व्यक्तगर्नुभएको छ ।
यो मुलुकमा धेरै परिवर्तनभाये तर मंगलसेन बजार परिवर्तन हुन नसकेकाले अब यसको गम्भिर समिक्षा गर्न आवश्यक रहेको उहाको भनाई छ । विकसित देशका नागरिकले थुके नदि हुने तर हामीले थुके सुक्दैजाने प्रवृत्तिको विकास भएको हुदा अब हामी सच्चिन आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताउनुभयो । यो देश नबनन्नुको कारण जो जो जिम्मेवारी लिएर बसेका छन उनीहरुकै कारण नबनेकाले अब कि गर्नुपर्ने कि छोड्नुपर्ने अवस्था आईसकेको भन्दै नेपालीको जिन परिवर्तन गर्न आवश्यक रहेको उहाको भनाई थियो । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलसेनमा आयोजित कार्यक्रममा उहाले उक्तकुरा बताउनुभएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय