अछाम श्रावण ३०। अछामको साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथमा डोजरले खनेको खाल्डोमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ । वडा नं.१ बस्ने ललित परियारका ११ वर्षिय छोरा तुसार परियारको डुवेर मृत्यु भएको सुर्यचन्द्र माविका प्रअ देवेन्द्र शाहले जानकारी दिनुभयो । बिहान विद्यालय जानुअघि घर नजिकै रहेको उक्त वुढीगंगा नदीको किनारामा नुहाउन गएका थिए । नुहाउने क्रममा डोजरले खनेको खाल्डोमा परेरे तत्काल मृत्यु उनका आफन्तले जानकारी दिएका छन् ।मृत्यक वालक सुर्यचन्द्र माविमा ४ कक्षमा अध्ययनरत रहेका थिए। नियमविपरीत खाल्डो खनी पानी निकाली खाल्डा नपुर्दा उक्त घट्ना हुन पुगेको हो ।श्र१त: बैद्यनाथ खबर




