कमलबजार, भाद्र ०५ ।
नेकपा एमाले कमलबजार नगर कमिटी काे दाेस्रो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नेकपा एमाले कमलबजार नगर कमिटीका अध्यक्ष कम्मान सिंह चलाउनेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। बैठकका प्रमुख अध्यक्ष पार्टीका केन्द्रीय सदस्य तथा पुर्व प्रतिनिधि सभाका सदस्य यज्ञ बहादुर बोगटी रहनु भएको थियोे । आजको बैठकमा
पार्टीको संसोधित विधानलाई अनुमाेदन गर्ने, पार्टीको अपानी लाई कार्यान्वयन गर्ने र भाद्र १३ गते देखि वडा कमिटीको बैठक बसाउनुका साथै सांगठनिक गतिविधि लाई थप तिव्रता दिने लगायतका निर्णय गरेको नगर अध्यक्ष चलाउनेले कमलबजार दैनिक डटकम लाई जानकारी दिनु भयो । बैठकमा पार्टीका विभिन्न तहका कमिटीका पदाधिकारीको उपस्थिति रहेको थियोे ।




